पथरीशनिश्चरेको सार्वजनिक सुनुवाईमा हर्क साम्पाङको चर्चा - Pahilo Online

पथरीशनिश्चरेको सार्वजनिक सुनुवाईमा हर्क साम्पाङको चर्चा

writer

पहिलो अनलाइन


शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिहरुले हर्क साम्पाङले गर्दै आएको कामको चर्चा भएको छ । नगरको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार पथरीशनिश्चरे—९ स्थित शनिश्चरे बजारमा भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा अमृतामाया तामाङले प्रदेशबाट मगरटोलको लागि आएको खोला तटबन्धको बजेट अर्कै स्थानमा लगेर मगरटोलको नभएर अर्कै स्थानको उपभोक्ता समितिले काम सम्पन्न गरेको बिषयमा गुनासो गरेका थिए ।

सो बिषयको जवाफ दिने क्रममा नगर प्रमुख मोहन तुम्बापोले प्रदेशको बजेटबाट हुने निर्माणको बारे नगरमा सल्लाह नलिने मात्र नभएर जानकारीसम्म नदिने गरेको बताएका थिए । नगर प्रमुख तुम्बापोले रातो किताबमा नदेखिएको बजेटहरु समेत ल्याएर काम सम्पन्न गरिसक्दासम्म नगरलाई जानकारी नदिने गरेको बताएका थिए ।

नगर प्रमुखले यसो भनिरहँदा स्थानीय कुमार सिरियस राई उठेर प्रति प्रश्न गरे ‘जनप्रतिनिधिले आफ्नो नगरमा भएको काम थाहा पाइन भनेर हुन्छ, हर्क साम्पाङले धरान उपमहानगरपालिकालाई जानकारी नगराइ कसैले केही गर्न नपाउने भन्दाहुँने पथरीशनिश्चरेमा जानकारी दिदैन भनेर धर पाइन्छ ?’ प्रस्न गर्दै उनले पथरीशनिश्चरेका जनप्रतिनिधिहरु पनि हर्क साम्पाङ जस्तै हुनुप¥यो भने ।
उनको जवाफ दिदै नगर प्रमुख मोहन तुम्बापोले भने ‘‘म हर्क साम्पाङ नै त हैन नि । ‘हर्क साम्पाङ र हाम्रो काम गर्ने तरिका फरक हुनसक्छ’’ भनेर जवाफ दिएका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राईले यो आर्थिक बर्षको कुल ८२ करोड ३४ लाख बजेटमा चालुतर्फ ६४ प्रतिशत र पुँजीगततर्फ ३६ प्रतिशत बिनियोजन भएकोमा साधरण (चालु) तर्फको ३४ र पुँजिगततर्फ २९ प्रतिशत खर्च भइसकेको तथ्याङ्क प्रस्तुत गरेका थिए । नगरको २५७ वटा योजना मध्ये अधिकांश तिब्र गतिमा निर्माण भइरहेको विवरण पेश गरेका थिए ।
कार्यक्रममा नगरको ४ नं. वडाका पूर्ब अध्यक्ष गोबिन्द भण्डारीले धुलाम्य सडकहरुलाई कालोपत्रे गरेर नगरलाई स्मार्ट नगरको रुपमा बिकास गर्नुपर्ने सुझाव दिएका थिए । पथरीशनिश्चरेलाई औद्योगिक सहर बन्छ बन्दैन, खेर गइरहेको युवा शक्तिलाई उत्पादनमा लगाउने योजना के छ भनेर ओम पौडेलले प्रश्न राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा कृष्णकुमारी बिक, ईश्वर चौहान, चन्द्रकान्त भट्टराई, ओम पौडेल लगायतले प्रश्न तथा सुझाबहरु पेस गरेका थिए ।

 


नगरवासीहरूले उक्त अवसरमा आफ्ना जनप्रतिनिधीहरूसँग खानेपानी, सिंचाई, सडक निर्माण, विद्युत, सरसफाई, महिला, बालबालिका र जेष्ठ नागरिकको हक र अधिकारको लागि खुलेर सवालहरू उठाएका थिए । आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, लालपुर्जा वितरण, कम बजेट विनियोजन जस्ता विविध सवालहरूमा जनप्रतिनिधिको सकरात्मक र महत्वपूर्ण भूमिका निर्वाह गर्न समेत उनीहरुले सुझाव थिए ।
उठेका जिज्ञासाको नगर प्रमुख मोहन तुम्बापो, प्रमुख प्रशाकीय अधिकृत शशि राई, ४ नम्वर वडा अध्यक्ष लोककिरण न्यौपाने लगायतले जवाफ दिएका थिए ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बु, वडा नं ८ का वडा अध्यक्ष नवीन कार्की, वडा नं ४ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं ७ का वडा अध्यक्ष उद्ववराज बस्नेत, लेखा शाखा प्रमुख पिताम्बर वस्ति, स्वास्थ्य बिभाग प्रमुख मुरारी आचार्य, योजना शाखा प्रमुख शिवकुमार राई लगायतको उपस्थिति रहेको थियो ।
पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको कानेपोखरी मिडिया प्रा.लि.ले सहजिकरण गरेका थिए । कार्यक्रम बाबुराम निरौलाले सञ्चालन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes