राइजिङ ब्रदर्स सुजना अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप उद्घाटन - Pahilo Online

राइजिङ ब्रदर्स सुजना अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप उद्घाटन

writer

भुमिप्रसाद पाठक

पथरी ।  मोरङको पथरीशनिश्चरेमा राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कपको पहिलो उद्घाटन खेलमा बेलबारी एफ सी विजयी भएको छ। आज बिहीबार पथरीशनिश्चरेका प्रमुख मोहनप्रसाद तुम्वापोले एक भव्य समारोहबीच उद्घाटन गरेका हुन्। सो प्रतियोगितामा बेलबारी एफ सीले बिर्तामोड युनाइटेड एफसी बिरूद्ध १ – ० को अन्तरमा पराजित गरेको हो।

पथरी शनिश्चरे १० को रंगशालामा आयोजित उद्घाटन खेलमा बेलबारी एफ सी का जर्सी नं ९ का विरेन लिम्बुले पुर्वाधको २२ मिनेटमा गरेको गोल नै विजयको लागि प्रर्याप्त बनेको थियो । आजको खेलमा बेलाबारीका जर्सी नं १७ का आदित्य तामाङ ‘म्यान अफ दि म्याच ‘घोषित भए।

उनलाई पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले तथा गायक एबम संगीतकार तारा प्रकाश लिम्बुले संयुक्त रूपमा नगद ३ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए। भोलिको खेल धनकुटाको रारा क्लब र भारतको सिलिगुडी स्थित कञ्चनजङ्घा एफसीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

उक्त प्रतियोगिता युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको हो। उक्त प्रतियोगितामा फुटबल टिम व्यवस्थापन समितिका संयोजक दीपक राईका अनुसार पश्चिम बङ्गाल भारतको कञ्चनजङ्घा फुटबल क्लब, बेलबारी फुटबल क्लब, बिर्तामोड युनाईटेड झापा, फेयर क्लब धरान सुनसरी, वीवाइसी वेलडाँगी दमक, पथरी फुटबल क्लब, रारा क्लब धनकुटा, डाँगीहाट फुटबल क्लब मोरङ, सशस्त्र प्रहरी बल पकली सुनसरी र वाइएफसी पथरीले प्रतियोगितामा भाग लिदैछन् । भारतको एउटा तथा कोशी प्रदेशका उत्कृष्ट ११ वटा टिमहरू सहभागिता जनाउने आयोजक समितिका सदस्य तथा शिबिर व्यवस्थापन सचिव करण राईले बताए। प्रतियोगिताका विजेताले २ लाख १ हजार सहित च्यालेन्ज कप प्राप्त गर्नेछ ।

यसैगरी, उपविजेताले नगद १ लाख १ हजार रुपियाँ सहित प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै ,फाइनल खेलको दिन प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरर्वाड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोचलाई जनही ५ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबल खेलको राइजिङ ब्रदर्स र सुजना डान्स सेन्टरले प्रायोजन गर्ने भएका छन् ।

डाइमन स्पोन्सर राइजिङ ब्रदर्श एल.एल.सी. अमेरिकामा बस्दै आएका रेन्जु राई प्रायोजक रहेका छन् । यस्तै, प्रथम पुरस्कार पूर्व फ्रेण्डस् क्लब भुटानका पूर्व अध्यक्ष युवराज साम्पाङ राईले प्रायोजन गरेका हुन् । शरणार्थी र स्थानीय वासिन्दा बिच सम्वन्ध स्थापना गर्न हरेक वर्ष विभिन्न संघ संस्थाले मोरङको पथरीशनिश्चरे र झापाको दमकमा फुटबल खेल हुँदै आएको सो प्रतियोगिता सम्पन्न गर्नका लागि यस पटक भने २२ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes