ग्रामथानमा खोप सम्बन्धी वडा स्तरीय अन्तरक्रिया - Pahilo Online

ग्रामथानमा खोप सम्बन्धी वडा स्तरीय अन्तरक्रिया

writer

बाबुराम मुडियारी

ग्रामथान / मोरङको ग्रामथान गाउँ पालिकाका ७ वटै वडामा बुधवार कार्यक्रमहरूको आयोजना गरी दादुरा रूवेला खोप सम्बन्धी वडा स्तरीय अन्तरक्रिया सम्पन्न गरेको छ। सो अन्तरक्रिया काय॔क्रममा वडाका विधालय,वडाका टोलहरूमा तथा खोप केन्द्रहरूमा खोप संञ्चालन लगाएत सम्बन्धी छलफल गरिएको थियो।

अन्तरक्रियामा वडाका जनप्रतिनिधि स्वास्थ्यकर्मी, वडा अध्यक्ष , नागरिक समाजका प्रतिनिधि,शिक्षक,वडा स्तरीय खोप समन्वय समितिका प्रतिनिधि, महिला स्वयम् सेवीका लगायतको सहभागी रहेको थियो।

दादुरा रूवेला खोप राष्ट्रिय अभियान अन्तर्गत ९महिना देखी ५बर्ष र ५ बर्ष देखी १५ बर्ष सम्मको बालबालिकाहरूलाई खोप यही फागुन १३ गते देखि १९ गते सम्म पालिकाका ७ वटै वडाका विधालय, टोलहरूमा संञ्चालन गरिने ग्रामथान गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख राजकुमार झा ले जानकारी गराएकाछन् । खोप संचालन सम्बन्धी गाउँ पालिका स्तरीय अन्तरक्रिया, वडा स्तरीय छलफल समपन्न गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes