दिपेन्द्रको ११ औँ पुस्तक तिमिल्सिनाको दस्तावेज सार्वजनिक - Pahilo Online

दिपेन्द्रको ११ औँ पुस्तक तिमिल्सिनाको दस्तावेज सार्वजनिक

writer

पहिलो अनलाइन

पथरी । मोरङमा खेजमुलक पुस्तक प्रकाशनमा निरन्तर लागिरहेका पुस्तककार दिपेन्द्र तिम्सिनाको ११ औँ पुस्तक सार्वजनिक भएको छ । तिमिल्सिनाहरूको इतिहास देखि हालसम्मका कुरालाई समेटेर “तिमिल्सिना इतिहास विगत देखि वर्तमानसम्म” सार्वजनिक भएको हो ।
लेखक तथा प्रकाशक तिम्सिनाले नेपालमा तिमिल्सिना इतिहासदेखि वर्तमान समयका प्रसिद्धि कमाएका तिमिल्सिना वन्धुहरूका बारेमा उल्लेख गर्दै ५७ विषयसुची मार्फत २ सय २७ पृष्ठमा यो पुस्तक प्रकाशित गरेका हुन् ।

पुस्तकमा लेखकले विभिन्न जिल्लाहरुमा तिमिल्सिना बसोबास, तिमिल्सिना समाज र तिनका कार्यहरू, तपश्वी भवानी शंकर, राज्यका विभिन्न उच्च तह, पद र ओहदामा पुग्ने तिम्सिनाहरू, पञ्चायत कालदेखि वर्तमान समयमा तिमिल्सिना जनप्रतिनिधीहरूको बारेमा गहिरो अध्ययन तथा खोज गरेका छन् ।

उनले प्रकाशित गरेको यो पुस्तकमा माओवादी द्वन्द्व र वेपत्ता पारिएकाहरू, तिमिल्सिना वन्धुका शहीदहरू, विद्या वारिधी गर्ने, वरिष्ठ शिक्षक, पत्रकार, राजनितिज्ञ, कुटनितिज्ञ, समाजसेवी, सफल कृषक, उद्योगी, वाणिज्य र व्यापारी आदिको विषयमा पनि सुक्ष्म खोज तथा अन्वेषण गरी प्रकाशमा ल्याएका छन् ।

त्यस्तै, पुस्तकाकार दीपेन्द्रले कला, साहित्य, ललितकला र संगीतको विधाका सम्मानितहरू, तिमल्सिना समुदायका अगुवाहरू, भारतलगायतका विभिन्न अन्तर्राष्ट्रिय मान सम्मान तथा पुरस्कार ग्रहण गर्ने वन्धुहरू, उद्यमी आदि तिमिल्सिना वन्धुहरूको बारेमा वर्तमान सम्मको विषय वस्तुलाई अटाएको पाईन्छ ।

लेखक तिम्सिनाले यो पुस्तकमा आफुले मदन पुरस्कार प्राप्त गर्ने, अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा काम गर्नेदेखि चर्चित आध्यात्मिक गुरुहरु, अञ्चलाधीश, जिविस सभापति, स्थानीय विकास अधिकारी, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सम्मका विषयमा मसिनो अध्ययन र खोज गरी प्रकाशित गरेको बताएका छन् ।

तिमिल्सिना दस्तावेजमा समाबेश मुख्य बिषयहरुः
१. तिमिल्सिनाको उत्पत्ति र इतिहास
२. पोखराको बिकासको अगुवा मुक्तिनाथ तिमिल्सिना
३. पुष्पलाल श्रेष्ठलाई पुष्पलाल बनाउने वलराम उपाध्याय
४. तिमिल्सिना साषदहरु राष्ट्रिय सभा अध्यक्ष सहित (११ जना)
५. अछाम जिल्ला एकिकरणका अगुवा देवानन्द तिमिल्सिना
६. पुर्व प्रधानन्यायाधीश स्व। केशबप्रसाद उपाध्याय तिमिल्सिना
७. नेपाल राष्ट्र बैकको डेपुटी गभर्नर निलम ढुङगाना तिम्सिना
८. प्रमुख–सहायक जिल्ला अधिकारी हुने तिमिल्सिनाहरु
९. पञ्चायत र जनयुद्धमा मारिएका तिमिल्सिनाहरु
१०. जनयुद्धमा बेपत्ता तिमिल्सिनाहरु
११. भुकम्पमा निधन हुने तिमिल्सिनाहरु
१२. विद्यावारिधि गर्ने तिमिल्सिनाहरु
१३. गिनिज बुकमा नाम लेखाउने तिमिल्सिनाहरु
१४. चर्चित कलाकार, पत्रकार, साहित्यकार तिमिल्सिनाहरु
१५. चर्चित पत्रिका फोर्सको सुचिमा परेका किरण तिमिल्सिना
१६. पञ्चायत काल र वर्तमान तिमिल्सिना जनप्रतिनिधिहरु
१७. भुकम्पविद चिन्तन तिम्सिना
१८. पुर्व रजिस्टार डा। रामकृष्ण तिमिल्सिना
१९. अन्तर्राष्ट्रिय कृषि बैज्ञानिक डा। जगदीश तिम्सिना
२०. विश्व बैकमा कार्यरत डा। गोविन्द तिमिल्सिना
२१. कोरोनामा पहिलोपटक निधन हुने सावित्री तिमिल्सिना
२२. अन्तर्राष्ट्रिय संस्था जेसीज खोल्ने तिमिल्सिनाहरु
२३. नन्दप्रसाद तिमिल्सिना (पहिलो ब्राह्मण समुदायको भिक्षु )
२४. चर्चित देउडाविज्ञ नन्दकृष्ण जोशि (तिमिल्सिना)
२५. पहिलो प्राज्ञ परिषद सदस्य यज्ञराज उपाध्याय (तिमिल्सिना)
२६. मदन पुरस्कार बिजेता रामलाल जोशि तिमिल्सिना
२७. ११६ बर्षिय कमला उपाध्याय तिमिल्सिनाको संघर्षको कथा
२८. भारतीय राष्ट्रपतिबाट सम्मानित – अरुणा तिमिल्सिना
२९. हमास युद्धग्रस्त क्षेत्रमा पहिलो नेपाली फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेना
३०. अटो चालक चर्चित समाजसेवी केदारप्रसाद तिमिल्सिना
३१. तिमिल्सिना समाज, यसले गरेका कार्यहरु, कार्यसमिति
३२. नेपाल राष्ट्र बैंकको निर्देशक हुने डा. सत्येन्द्र तिमिल्सिना

लगायतका ५७ वटा बिषय सुचिमा २२७ पेजको दस्तावेज रहेको छ । खोजकर्ता तिम्सिनाको यो ११ औं पुस्तक हो ।

हाल मोरङको पथरी शनिश्चरे १ मा बसोबास गर्दै आएका लेखक तिमिल्सिनाले यस अघि

टेलिफोन डायरी २०६८,
मोरङको सामुदायिक वन एक चिनारी २०६९,
मोरङको क्षेत्र नं २ एक चिनारी २०७०,
पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७,
जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७,
जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८,
धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८,
इतिहासमा पथरी शनिश्चरे २०७८,
मोरङका जनप्रतिनिधि सङ्गालो २०७९,
माईखोलादेखि पुनर्वाससम्म २०८०, गरि १०वटा खोजमुलक किताव प्रकाशनमा ल्याइसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes