वडा नं. ५ र ६ मा एड्भान्स सिलाई कटाई तालिम - Pahilo Online

वडा नं. ५ र ६ मा एड्भान्स सिलाई कटाई तालिम

writer

पहिलो अनलाइन

हसन्दह । पथरी शनिश्चरे वडा नं. ५ र ६ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड–पा) स्तरोन्नति एड्भान्स सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ ।
पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालित ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पुराना लघु उद्यमीहरुको लागि सो तालिम आयोजना गरिएको हो । नगर उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्ष कृष्ण कुमार बस्नेत, चेतेन्द्र खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही क्रममा उप–प्रमुख काफ्लेले एड्भान्स तालिमले जिविकोपार्जनमा टेवा पुगोस् नगरको तर्फबाट सहयोग निरन्तर रहने बताउनुभयो ।
लघु उद्यम विकास शाखाकी कल्पना कट्वालले उद्घाटन कार्यक्रम सञ्चालन गर्नुभएको थियो । एक महिनासम्म सञ्चालन हुने सो तालिमको प्रशिक्षक सिता अधिकारी रायमाझीले गरिरहनुभएको छ । सो कार्यक्रमममा वडा सदस्यहरु तुलसा कार्की (मुना), विष्णुकुमार लिम्बु, विनयराज तिम्सिना, दिलबहादुर मगर लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes