विषयगत प्रश्न निर्माण तथा ईएमआईएस सम्बन्धी अभिमुखिकरण - Pahilo Online

विषयगत प्रश्न निर्माण तथा ईएमआईएस सम्बन्धी अभिमुखिकरण

writer

पहिलो अनलाइन

पथरी  ।  पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विषयगत प्रश्न निर्माण तथा ईएमआईएस सम्वन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ ।
सामुदायिक विद्यालयको कक्षा–५ र ८ मा अध्यापन गर्ने नेपाली, अंग्रेजी, सामाजिक,गणित र विज्ञान तथा प्रविधि विषयका शिक्षकहरूका लागि विशिष्टिकरण तालिका अनुसार प्रश्न निर्माणका लागि सहजिकरण गर्न ५ दिन सम्म विषय विज्ञहरूबाट कार्याशाला सञ्चालन भएको थियो ।
सो कार्यशालामा २८ वटा सामुदायिक विद्यालयबाट विषय शिक्षकहरूको उपस्थिति रहेको थियो ।
यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परिवर्तन गरेको नयाँ अनलाइन बेसमा आधारित ईएमआईएसबाट कार्यसम्पादन गर्न, कक्षा– ५÷८ को परीक्षा आवेदन फारम अनलाइन भर्ने ÷भराउने तथा नतिजा प्रमाणीकरण गर्ने विषयमा सबै सामुदायिक विद्यालय तथा ३६ वटा संस्थागत विद्यालयका शिक्षक ÷ कर्मचारीहरूलाई सहजीकरण गरिएको सहजकर्ता शिक्षा अधिकृत नवीन खुलालले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes