पथरी जेसीजको पहलमा एक पुरूषको परिवारसँग पुनर्मिलन - Pahilo Online

पथरी जेसीजको पहलमा एक पुरूषको परिवारसँग पुनर्मिलन

writer

भुमिप्रसाद पाठक

शनिश्चरे ।  पथरी जेसीजको पहलमा बिगत एक वर्ष अघिदेखि रोजगारीको लागि भारतको कोलकत्ता गएपछि परिवार सँग सम्पर्क बिहिन भएका एक नेपाली नागरिकलाई उद्वार गरिएको छ।

आज मोरङको पथरी शनिचरे वडा नं. ८ मा घर भएका लोकबहादुर घिमाललाई पथरीशनिश्चरे -८ का वडाध्यक्ष नवीनजंग कार्की र पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्म सहितको टोलीले उद्वार गरेको हो।

झापाको मेचीनगर स्थित मेची पुलबाट भारतको पश्चिम बंगाल, कलकत्तामा रहेको श्री जानकी माता नेपाली धार्मिक संघका गोपाल लाल टैगोर नामक संस्थाले निज बेपत्ता अवस्थामा रहेका धिमाललाई मेची पुल सम्म ल्याई दिएको पथरी जेसीजका अध्यक्ष विश्कर्माले जानकारी दिए। सोहि क्रममा पथरी जेसीजले परिवारसँग पुनः मिलन गराई दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पश्चिम बंगाल, कलकत्ताको जानकी माता नेपाली धार्मिक संघका गोपाल लाल टैगोरलाई सम्मान पत्र प्रदान गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles