प्याब्सन भलिबल छनौट प्रतियोगिताको उपाधि भूपू सैनिक र एभरेष्टलाई - Pahilo Online

प्याब्सन भलिबल छनौट प्रतियोगिताको उपाधि भूपू सैनिक र एभरेष्टलाई

writer

पहिलो अनलाइन

पथरी । पथरी शनिश्चरे नगर स्तरीय प्याब्सन भलिबल टुर्नामेन्टको उपाधि भूपू सैनिक स्कुल र एभरेष्ट आमाविले हात पारेको छ ।
पथरी शनिश्चरे–१ मा अवस्थित भूपू सैनिकको प्राङ्गणमा भएको पुरुष भलिबलको उपाधि भूपू सैनिक स्कुल र महिला भलिबलको उपाधि एभरेष्ट आमाविले प्राप्त गरेको हो ।

बुधबार भएको फाइनल प्रतियोगितामा पुरुषतर्फको खेलमा अरुणोदयको टिमलाई ३–१ ले हराउँदै भूपू सैनिकले उपाधि चुमेको हो ।
यस्तैगरी महिलातर्फको फाइनल खेलमा भूपू सैनिकलाई २–० को सोझो सेटमा हराउँदै एभरेष्ट आमाविले उपाधि आफ्नो पोल्टामा पारेको हो । विजेता दुवै टिमलाई पथरी शनिश्चरे नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, शिक्षा अधिकृत नविन खुलाल, व्याब्सन नगर प्रमुख सल्लाहकार उपेन्द्र कडेल, सल्लाहकार नोवलकिशोर खनाल, जिल्ला सदस्य राजु तिम्सिना, नगर अध्यक्ष सुरेन्द्र लिम्बुले संयुक्त रुपमा शिल्ड तथा मेडल प्रदान गर्नुभएको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति पथरी शनिश्चरेले आयोजना गरेको प्रतियोगिता माघ २३ र २४ गते सञ्चालन गरिएको हो । प्याव्सन नगर सचिव सन्तोष बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन सुजन बास्तोलाले गर्नुभएको थियो ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes