पर्यावरणलाई स्वच्छ बनाउन सिमसार क्षेत्रको संरक्षण गर्न आवश्यक : मन्त्री उप्रेती - Pahilo Online

पर्यावरणलाई स्वच्छ बनाउन सिमसार क्षेत्रको संरक्षण गर्न आवश्यक : मन्त्री उप्रेती

writer

पहिलो अनलाइन

पथरी । कोशी प्रदेशका पर्यटन, वन तथा वतावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले पर्यावरणलाई स्वच्छ बनाउन सिमसार क्षेत्रको संरक्षण एवम् सम्वद्र्धन गर्नुपर्ने बताएका छन् । शुक्रबार मोरङको पथरीशनिश्चरेमा विश्व सिमसार दिवस–२०८० को अवसर पारेर आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले यस्तो बताएका हुन् ।
‘सिमसार र मानव कल्याण’ प्रमुख नाराकासाथ डिभिजन वन कार्यालय र शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले सिमसार क्षेत्र आयआर्जनको माध्यम भएको बताए । ‘सिमसार क्षेत्र आयआर्जनको एउटा माध्यम हो, यसैले यसको दोहन होइन, संरक्षण हुनुपर्छ,’ उनले भने, ‘जंगल र जंगलसँग जोडिएको सिमसारले पृथ्वीलाई संकट हुनबाट बचाउँछ ।’
मन्त्री उप्रेतीले सिँचाइको मूल स्रोतको रूपमा रहेको सिमसारले जलचर तथा उभयचरलाई प्राण दिइरहेको चर्चा गर्दै यसको संरक्षणमा मन्त्रालयले आवश्यक कार्य गरिरहेको जानकारी दिए ।
यसैगरी, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्राकृतिक सम्पदा सिमसारलाई दीगो रूपमा संरक्षण गरी यसबाट लाभ लिन सक्नुपर्ने बताए । ‘जमिन लक्दैन, पानी सुक्दैन’ त्यसैले सिमसारको महत्व छ,’ उनले भने, ‘प्रकृतिलाई बचाउन सकिएन भने भावी सन्ततीले प्राकृतिक संकट बेहोर्छ ।’
पथरी शानिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले सिमसारले गर्दा प्राकृतिक प्राणीलाई बाँच्न एवम् चरण गर्न सजिलो हुने भएकाले यसको संरक्षण एवम् प्रवद्र्धन गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताए ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरे र झापा डिभिजनका प्रमुख मेघराज रायले पाँच प्रतिशत सिमसारले ओगटेको हाम्रो भूभागलाई प्राकृतिक सौन्दर्यता दिन सिमसारले महत्वपूर्ण कार्य गरिरहेको बताए ।
शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणि गुरुङले सिमसारले आन्तरिक पर्यटकलाई रमाउनका साथै रोजगार पनि सिर्जना गरेको जानकारी दिए । चित्रकला प्रदर्शनीका साथै पर्यावरण सम्बन्धमा विद्यालयस्तरीय विद्यार्थीले गरेका क्रियाकलापमा आयोजकले प्रमाणपत्र पनि वितरण गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes