सरस्वती स्कुलको अध्यक्षमा खगेन्द्र बराइलीलाई दोर्‍याउन अभिभावको माग - Pahilo Online

सरस्वती स्कुलको अध्यक्षमा खगेन्द्र बराइलीलाई दोर्‍याउन अभिभावको माग

writer

पहिलो अनलाइन

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलागाउँमा रहेको श्री सरस्वती आधरभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द्र बराइलीलाई पुन स् दोर्याउन अभिभावकहरुले माग गरेका छन् ।

तीन वर्षको एक कार्यकाल अध्यक्ष भएर विद्यालय सुधारको लागि उल्लेखिनय योगदान गरेको कारणले अभिभावकहरुले पुनः दोर्याउन माग गरेका हुन् । बराइली २०७७ असोज १८ गते अध्यक्ष भएका थिए । उनको कार्यकाल १८ असोज २०८० मा सकिएको थियो ।

अहिले विद्यालयमा नयाँ व्यवस्थापन समिति चयनको प्रक्रिया सुरु भएको छ । तेही कारणले अध्यक्षमा पुन स् बराइलीलाई दोर्याउन अभिभाव, पूर्व विद्यार्थीहरुले माग गरेका हुन् । गुणस्तरीय शिक्षा प्रदान गरी सरस्वती आधरभूत विद्यालयलाई गाउँपालिका भित्र मात्र नभएर कोशी प्रदेशभित्रमै नमूना विद्यालय बनाउने संकल्प बोकेर अगाडी बढेको भन्दै बराइलीलाई पुनः दोस्रो कार्यकालको लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दोर्याउन आम अभिभावक भेलाले निर्णाय गरेको छ ।

अभिभावकहरुले २ कार्तिकमा गरेको निर्णायसहितको प्रतिवेदन कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङनामलाई पनि भेटर ज्ञापन पत्र बुझाएका छन् । बराईली पहिलो पटक अध्यक्ष हुँदा सरस्तवी स्कुलमा अंग्रेजी माध्यमबाट पठनपाठन गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधारमा गरेका थिए । त्यसैगरी विद्यालयलाई प्रविधिमैत्री बनाएर गाउँपालिका भित्र नमूना विद्यालय बनाउन अग्रसर भएर लागि परेका थिए । पुन स् बराइली अध्यक्ष भएर आए विद्यालयको थप शैक्षिक गुणस्तर सुधार र नमूना विद्यालय बनाउने भिजन रहेकोले उनलाई दोर्याउन अभिभावकहरुले माग गरेका हुन् ।

अभिभावकले भेलाले बराईली र बीना देवी तामाङ्गलाई विद्यालयको व्यवस्थापन समितिको मनोनित सदस्यमा दोस्रो कार्यकालको लागि दोर्याउन सर्वसम्मत निर्णय गरेको छ । सोही अनुसार शुक्रबार बसेको विद्यालय व्यवस्थापन समितिले बीना देवी तामाङलाई सर्वसम्मत सदस्यमा चयन गरेको भने थप एक जना सदस्यको लागि ८ जनाको नाम सिफारिस गरेको छ । जसमा खगेन्द्र बराईली, नर बहादुर तामाङ, खड्क बा। खड्का, देश बा।लिम्बु, धन बा। पौडेल, जीवन कुमार बिश्वकर्मा र प्रबिन सुवेदीको नाम सिफारिस गरेको छ । यसअघि ४ जना अभिभावकहरुबाट सदस्य चयन भइसकेको छ । थप दुई जना मनोनित सदस्य चयन भएपछि ६ जना सदस्यबाट अध्यक्ष चयन हुनेछ ।

विद्यालय सुधारको लागि राम्रो काम गरेर आम अभिभावकले बराइलीलाई दोर्याउन माग गरिहेको बेला उनलाई छेक्न विद्यालयका केही शिक्षक र गाउँपालिका केही जनप्रतिनधीहरु अहिले लागि परेका छन् । बराइलीलाई अध्यक्षमा रोक्नको लागि अभिभावकहरु भेला नगरि व्यवस्थापन समितिबाट बराइलीसहित ८ जनाको जना गाउँपालिकामा सिफारिस गरेको छ । बराइलीलाई माइनस गरेर ८ जनाबाट सिफारिस भएका मध्ये एमाले निकटका व्यक्तिलाई मनोनित सदस्यमा सिफारिस हुने हो किनेर अभिभावकहरुले आशंका व्यक्त गरेका छन् । गाउँपालिकाभित्र एमालेबाट निर्वाचित सदस्यहरु बहुमत रहेको र सिफारिसमा परेका केही व्यक्ति एमाले निकटमा भएका कारणले अभिावकह र पूर्व विद्यार्थीहरुले विद्यालय सुधारको लागि योग्य व्यक्ति ल्याउनुपर्ने माग राख्दै आएका छन् ।

तेही अनुसार पूर्व विद्यार्थीहरुले गाउँपालिकामा ज्ञापन पत्र पनि बुझाइसकेका छन् । अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्व विद्यार्थीहरू र अहिले व्यवस्थान समिति सदस्यमा चयन हुनुभएको सदस्यहरुको चाहना र निर्णय विपरीत गाउँपालिकाले आफुखुसी विद्यालयमा राजनैतिक हस्तक्षेप गराउने दूषीत मनसाय राखि मनोनित सदस्यमा विद्यालयलाई कुनै योगदान नदिएका व्यक्ति, विद्यालयप्रति कुनै चासो र चिन्ता नभएका व्यक्तिहरुलाई ल्याएको खण्डमा आम अभिभावक र पूर्व विद्यार्थीहरु आन्दोलनमा उत्रिन बाध्य हुने गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदै चेतवनी पनि दिएका छन् ।

यता कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङनालेमा विद्यालयले सिफारिस गरेको आधरमा दुई जना सदस्य मनोनित गर्ने बताए । ‘विद्यालयले सिफारिस गरे हामी मनोनित गरेर पढाउछौ,’ उनले भनिन्, ‘विद्यालयले ढिलो गरि सफारिस गरेको कारणले व्यवस्थापन समितिले पूर्णता पाउन ढिलो भएको हो ।’ २०८० असोज १८ गते बराईलीको कार्यकाल सकिएको थियो । चार महिनादेखि विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes