विश्व सिमसार दिवस शान्ति भुल्केमा भव्य - Pahilo Online

विश्व सिमसार दिवस शान्ति भुल्केमा भव्य

writer

पहिलो अनलाइन

पथरी ।  मोरङको पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित श्री शान्ति भुल्के सिमसार क्षेत्रमा आज विश्व सिमसार दिवस २०२४ मनाइएको छ ।
डिभिजन वन कार्यालय मोरङ र श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ‘सिमसार र मानव कल्याण’ भन्ने मूल नाराका साथ सिमसार दिवस मनाइएको हो । प्रदेश नं. १ का वन मन्त्री गणेश उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
यसैगरी विशिष्ट अथिति पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले सिमसारले पर्यटन प्रवद्र्धनको साथै जीवनयापनको लागि महत्वपूर्ण योगदान दिएको बताउनुभयो । शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङले सिमसार क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो । सो कार्यक्रममा सिमसार सम्वन्धी चित्रकला प्रतियोगिता पनि गरिएको थियो । चित्रकलामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई प्रमाण–पत्र र शिल्ड, मेडल प्रदान गरिएको थियो ।
यस्तै धिमाल जातिको साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिउको थियो । सो कार्यक्रमको रचनात्मक साझेदार एभरेष्ट आर्ट फ्युजन पथरी र ललितकला संगम विराटनगरले गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes