पथरीशनिश्चरेमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु - Pahilo Online

पथरीशनिश्चरेमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

writer

पहिलो अनलाइन

पथरी  । माेरङ्गकाे पथरी शनिश्चरे -१ मा रहेकाे पञ्चायत नमुना माविमा १४ औं नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू भएको छ। बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख मोहनप्रसाद तुम्वापोले सो प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्।

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक समेत रहनुभएका नगरप्रमुख तुम्वापोले नगरपालिका भित्रका सम्पूर्ण निजी संस्थापक तथा सामुदायिक विद्यालयका छात्र छात्राहरुले अनुशासित र खेलको नियमानुसार आफूले रोजेको विभिन्न खेलकुद ” इभेन्टहरूमा” सहभागिता लिई पढाई सँग सँगै खेल क्षमता बृद्धि गर्दै भविष्यमा व्यवसायिक खेलाडीको रूपमा स्थापित हुन समेत शुभ कामना व्यक्त गरे । साथै, उनले खेल व्यवस्थापनका लागि संलग्न सम्पूर्णलाई सफलतापूर्वक विभिन्न खेल प्रतियोगिताहरूको संचालन गर्न पनि अनुरोध सहित निर्देशन गरे।

उक्त अवसरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य तथा वडा नं. १ का अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई , नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवम् राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य शालिग्राम काफ्ले, शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत नवीन खुलाल , पञ्चायत माविका विद्यालय व्यवस्थापन समिति महासङ्घ एवंम् आयोजक विद्यालयका विव्यस अध्यक्ष युवराज बाँस्कोटा, सोहि माविका प्राचार्य अर्जुन कुमार बुढाथोकी,प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठ , वडाध्यक्षहरू क्रमशः नैना राई, जीवन खतिवडा, विजय लिम्बू , उद्धवराज बस्नेत , नगर खेलकुद विकास समितीका संयोजक दिपक राई लगायतका अतिथिहरूको उपस्थिति थियो।

तीन दिन दिवसीय पथरीशनिश्चरे नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता-२०८०मा १५ संस्थागत तथा ११ सामुदायिक विद्यालय गरी जम्मा २६ विद्यालयहरूले विभिन्न खेलहरूमा सहभागिता जनाएका छन्।

राष्ट्रिय झण्डा बोकेर विभिन्न विद्यालयहरुका विद्याथीहरूले मार्च पास गरेका थिए भने पञ्चायत माविका सिभिल इन्जिनियरिङ विधाका छात्र छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए। आजैदेखि रनिङ, भलिबल, कराँते, छेलो , सटपुट, कबड्डी, लगायतका विभिन्न खेलहरू संचालन गरिएको आयोजकले जनाएको छ। साेही कार्यक्रम काे सञ्चालन पञ्चायत नमुना माविका प्राचार्य अर्जुनकुमार बुढाथोकीले गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes