शहिदको संझनामा पथरी जेसीसद्वारा दिप प्रज्वलन - Pahilo Online

शहिदको संझनामा पथरी जेसीसद्वारा दिप प्रज्वलन

writer

छविराज ढकाल

पथरी / मोरङको पथरीशनिश्चरे ०१ को गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि पथरी जेसीसले शहिदको संझनामा दीप प्रज्ज्वलन गरेको छ। आज मंगलबार साँझ शहीद दिवसको अवसरमा पथरी जेसीस वर्ष २०२४ को पथरी जेसीसले राष्ट्रिय झण्डा र नेपालको नक्सा आकारमा दीप प्रज्ज्वलन गरेको हो।

वर्ष २०२४ का अध्यक्ष तथा जेसीआई सिनेटर राजकुमार विश्वकर्माको अध्यक्षतामा तथा ईलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख वीर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठ, वर्ष २०१५ का पथरी जेसीस अध्यक्ष दिपेन्द्र तिम्सिना, वर्ष -२०२२ की अध्यक्ष अनु राई, वर्ष २०२३ का अध्यक्ष सुवर्ण खत्री, दीप प्रज्ज्वलन कार्यक्रमको संयोजक – जेसी हिमाल सेन्चुरी पथरीशनिश्चरे- ०१ का वडाध्यक्ष भीम कुमार राई , पथरी बहुमुखी क्याम्पसका स्ववियु सदस्यहरू, जेसीसका विभिन्न तालिम संयोजकहरु सहितको उपस्थिति रहेको थियो।

उक्त अवसरमा पथरी जेसीस अध्यक्ष जेसीआई सिनेटर राजकुमार विश्वकर्माले पछिल्लो समयमा नेपाली जनताका लागि ज्यान आहुति दिने शहीदहरू प्रतिको सम्झना र सम्मान हराउँदै गरेको भान भएको उल्लेख गर्दै उहाँहरूको वलिदानीपुर्ण योगदानको कदर स्वरूप दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। साथै, आजै पथरी जेसीसले विभिन्न निर्णयहरू गर्दै वर्ष २०२४ का लागि संचार संयोजकमा पत्रकार छविराज ढकाललाई मनोनयन गर्ने निर्णय समेत गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes