भव्यताका साथ पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सम्पन्न - Pahilo Online

भव्यताका साथ पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सम्पन्न

writer

सन्तोष राई

पथरी ।   पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफ.सी.ले चुमेको छ । सोमबार भएको फाइनल खेल स्पर्धी नाजारिन युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

खेलको आयोजना पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको फाईनल खेलमा नाजरिन टिम विरूद्ध पहिलो हापको २ मिनेटमै सिरीजंगा फुटबल क्लबका जर्सी नं ७ का संयोग थापाले हेडमार्फत गोल गरे । सोही गोल नै जितेको लागि पर्याप्त रहन गयो । सुरुवातदेखि नै सिरिजङ्गाले विपक्षी नाजरिनलाई दबाबमा राख्न सफल भयो । सिरीजंगा फुटबल टिमका जर्सी नं ७ का समयोक थापा म्याच अफ दि म्याच घोषित भए।

उनी सहित विजयी सबै विधाका उत्कृष्ट खेलाडीहरूलाई नगरप्रमुख मोहनप्रसाद तुम्वापो,उप प्रमुख देवी माया काफ्ले,नगर स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्य, वडाध्यक्षहरु क्रमशः भीम राई, नैना राई ,विजय लिम्बु,जीवन खतिवडा लगायतका अतिथिहरूले नगद सहित ट्रफि र मेडल प्रदान गर्नुभएको थियो। फुटबल तर्फ विजयी सिरिजङ्गाले १ लाख, उप विजेता नाजरिनले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर प्राप्त गरे नगरमा दर्ता भएका १० टिमले सहभागीता जनाएको खेल जाँतेमोडमा माघ ६ गते सुरु भएको थियो ।

यसैगरी, वडा नं २ ले भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। विभिन्न ७ वटा विधामा पुरस्कृत खेलाडीहरूलाई एक समारोहका विच नगद, ट्रफी तथा मेडल सहितले पुरस्कृत गरिएको थियो।खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ माघ ६ गतेदेखि सञ्चालन भएको ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’को समापन कार्फक्रमका अवसरमा फुटबल– पुरुष/ महिला, भलिवल, क्रिकेट, बुद्धिचाल, कराँते, तेक्वान्दो र मिनी म्याराथुन जस्ता विभिन्न ७ विधिमा प्रतिस्पर्धा भएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes