हिसान स्पोर्ट मिटः छात्र र छात्रा फुटबलमा रेडस्टार फाइनल प्रवेश - Pahilo Online

हिसान स्पोर्ट मिटः छात्र र छात्रा फुटबलमा रेडस्टार फाइनल प्रवेश

writer

छविराज ढकाल

पथरीशनिश्चरे / हिसान खेल सप्ताह-२०८० अन्तर्गत शहिद रङ्गशाला, विराटनगरमा भएको फुटबल खेलमा रेडस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनल खेलमा पथरी शनिश्चरेको रेडस्टार कलेजले विराटनगरको कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको म्यान अफ म्याच रेड स्टारका गोलकिपर समिर विष्ट घोषित भए । त्सैगरी,छात्रा फुटबलमा पनि रेडस्टार फाइनलमा प्रवेश गरेको छ। छात्रा फुटबलतर्फ पहिलोे खेलमा पथरीको रेडस्टारले विराटनगरको शिक्षादिप कलेजलाई ३–० को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । रेडस्टारका आसिका लिम्बु, प्रमिसा श्रेष्ठ र सन्ध्या पोडेलले १–१ गोल गरिन् ।

वेमेन अफ द म्याच रेडस्टारका आसिका लिम्बु घाेषित भईन्।रेडस्टारले छात्र र छात्रा फुटबलकाे फाईनलमा अर्किड कलेज बिराटनगर संग प्रतिस्पर्धा गर्नेछ। हिसान मोरङले यसै स्पोर्टस मिटरदेखि महिला फुटवल प्रतियोगिताको पनि आयोजना गरेको हो। आज माघ १६ गते सहिद रङ्गशालामा अपरान्हकाे ३:०० बजेदेखि फाईनल खेल हुने जानकारी आयाेजक हिसान माेरङका उपाध्यक्ष टिएन तिम्सिनाले जानकारी दिनुभयो। फाईनल खेल लगत्तै हिसान खेल सप्ताह-२०८० काे समापन काेशि प्रदेश प्रमुख पर्शुराम खापुङकाे प्रमुख आतिथ्यतामा हुनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes