नगर खेलकुद महोत्सवमा देविगञ्ज एफ.सी. सेमिफाइनल प्रवेश - Pahilo Online

नगर खेलकुद महोत्सवमा देविगञ्ज एफ.सी. सेमिफाइनल प्रवेश

writer

पहिलो अनलाइन

पथरी  ।  माेरङ्गकाे पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा देविगन्ज एफ.सी. विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । देविगन्जले प्रस्तावित पथरी रंगशालामा भएको दोस्रो चरणको दोस्रो खेलमा कल्याण एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

देविगन्जका निरज परियारले खेलको २१ औं मिनेटमा पहिलो गोलको खाता खोलेका थिए । त्यसपछि खेलको २७ औं मिनेटमा सनम धिमालले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा निक्कै उत्कृष्ट खेल प्रदर्शन गर्दै कल्याण एफ.सी.का सुरज याक्खाले ३० औं मिनेटमा गोल गरे । अन्ततः निर्धारित समयमा अन्य गोल थप्न नसक्दा कल्याण एफ.सी. पराजित हुन पुग्यो । खेलको म्यान अफ द म्याच विजेता टिमका सन्जय लिम्बु घोषित भए ।

लिम्बुलाई वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्कीले नगद रु. २ हजार र ट्रफी प्रदान गरेका थिए । पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको भोलिको पहिलो सेमिफाइनल खेल सिरिजंगा एफ.सी. र युनिटी स्पोर्टस एफ.सी. बीच हुने आयोजकका सदस्य सचिव नविन खुलालले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes