मेइटु पेन्ट्स कम्पनीको वार्षिकोत्सवमा वनभोज - Pahilo Online

मेइटु पेन्ट्स कम्पनीको वार्षिकोत्सवमा वनभोज

writer

भुमिप्रसाद पाठक

पथरी । मोरङको पथरीशनिश्चरे- १ काे भुल्के सिमसार पर्यटकीय स्थलमा मेइटु पेन्ट्स कम्पनीले आफ्नो ५ औं वार्षिकोत्सव वनभोज सहित केक काटेर मनाएको छ। आज शनिबार मोरङको पथरीशनिश्चरे भुल्के सिमसार पर्यटकीय स्थलमा खुसी श्री ट्रेडर्स तथा मेइटु पेन्ट्स कम्पनीद्वारा आयोजित वनभोज कार्यक्रममा विभिन्न खेलकुदहरूको संचालन गर्दै मनाएको हो।

आफ्नो कम्पनीमा कार्यरत पेन्टरहरू वीच हण्डिफोर , बल पास , म्युजिक चेयर्स, बेलुन ब्रष्ट, आदि खेलहरूको आयोजना गरिएको थियो भने कम्पनीले आफ्नो व्यापार प्रवर्द्धनका लागि पेन्टर्सलाई बम्पर उपहार प्रदान गरेको थियो।

बम्पर उपहार अन्तर्गत पथरीशनिश्चरे -१ का दिपेश लिम्बुले ३२ इन्चको टिभी उपहार प्राप्त गरेका थिए भने गोलाप्रथा मार्फत उनले सो पुरस्कार प्राप्त गरेका हुन् । यसैगरी, पथरीशनिश्चरे -१० का ईमान्युल लिम्बुले टिकटक मार्फत कम्पनीको व्यापार प्रवर्द्धनमा विशिष्ट भूमिका खेले वापत सामसुङ ग्यालेक्सी मोबाईल सेट प्राप्त गरेका थिए, त्यस्तै, पथरीशनिश्चरे- १०कै फणिन्द्र मगरले इलेक्ट्रोनिक हिटर प्राप्त गरेका थिए।

सोहि क्रममा झापा , मोरङ, सुन्सरी, ईलाम लगायतका विभिन्न जिल्लाबाट आएका सबै पेन्टर्सलाई मेइटु पेन्ट्स लेखिएको भेस्ट प्रदान गरिएको थियो। सो कम्पनीका प्रतिनिधि तुलसीराम भण्डारी, मोरङको प्रमुख डिलर एवम् खुशी श्री ट्रेडर्सका प्रोप्राइटर ऋषि चौलागाईं, वयोवृद्धा नर्वदा चौलागाईं मेची अञ्चल डिस्ट्रिब्युटर कुशल कट्वाल, दमक डिलरका संचालक भुवन निधी, खुशी श्री ट्रेडर्सकी संचालिका दिपा पराजुली, लगायतले विभिन्न खेलहरू तथा ‘लक्की ड्र’ मा विजयी पेन्टर्सलाई अबिर, माला र खादा ओढाएर पुरस्कृत गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes