माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिम - Pahilo Online

माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिम

writer

सन्तोष राई

 

पथरी । पथरी शनिश्चरेमा लक्षित वर्गका लागि ५ दिने माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिमको समापन भएको छ । पथरीशनिश्चरे–१ स्थापित पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको सो तालिमको आज समापन भएको हो ।

पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सञ्चारकमीृ मिडिया प्रा.लि. विराटनगरको आयोजना भएको तालिममा नगरका १० वटै वडाबाट सहभागिता जनाइएको थियो । सञ्चारकर्मी मिडिया प्रा.लि.का कार्यकारी निर्देशक भद्रमान विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नगर उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा नगरका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, योजना शाखा प्रमुख शिव राई, नगर कार्यपालिका अञ्जना दर्जी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट सरिता शिवा, युवराज लावर र प्रतिष्ठा सुनामले आ–आफ्ना कुरा राख्नुभएको थियो । सहभागीहरुलाई प्रमाण–पत्र र अथितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes