विनोद राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा - Pahilo Online

विनोद राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा

writer

पहिलो अनलाइन

कुमार प्रयास राई र विनोद राई ‘भ्वाइस अफ नेपाल’को जारी सिजनको फाइनलमा प्रवेश गरेका छन् । पछिल्लो सप्ताहन्तको एपिसोडबाट उनीहरु फाइनलिस्ट बनेका हुन् ।

टिम उदय सोताङबाट विवेक बस्नेत र टिम मिलन नेवारबाट ट्रिजा प्रधान बाहिरिएसँगै यी दुईलाई अन्तिम चारमा प्रवेश गर्ने बाटो खुलेको हो । फाइनलमा एक कोचको समूहबाट एकजनाले प्रतिस्पर्धा गर्नेछन् ।

आगामी साता टिम राजेशपायल राईबाट मोनिका राई र मक्कर योञ्जन, टिम प्रमोद खरेलबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बूमध्ये एकजना फाइनलिस्ट बन्नेछन् । आगामी सप्ताहन्तका एपिसोडका लागि यी चारजनालाई भोट गर्न सकिनेछ ।

आगामी साताको सेमिफाइनल प्रतिस्पर्धा रोचक हुने अनुमान छ । त्यसपछि फाइनलमा चारजनाले प्रतिस्पर्धा गर्नेछन् । यसैबीच, आउँदो सातादेखि भ्वाइस किड्सको पनि अडिसन आह्वान गर्ने तयारी छ ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes