प्रथम ग्रामथान भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हाम्रो इटहरी विजयी - Pahilo Online

प्रथम ग्रामथान भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हाम्रो इटहरी विजयी

writer

बाबुराम मुडियारी

ग्रामथान । मोरङको ग्रामथान गाउँ पालिका वडा नं ३ सिध्राहा वाणी मा वि को खेलमैदानमा संञ्चालन प्रथम ग्रामथान भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङको बोराबाध भेट्रान फुटबल क्लव लाई हराउदै सुनसरीको हाम्रो इटहरी भेट्रान फुटबल क्लव शनिबार विजयी भएको छ।

उद्घाटन फुटबल प्रतियोगितामा बोराबाध भेट्रान फुटबल क्लव लाई हाम्रो इटहरी भेट्रान फुटबल क्लवले ५ गोलको फराकिलो जीत सहित हाम्रो इटहरी भेट्रान फुटबल क्लव विजयी भएको हो । सो उद्घाटन खेलका म्यान अफ द म्याच हाम्रो इटहरी भेट्रान फुटबल क्लवका लिलाराम मगर भएका थिए।

प्रथम ग्रामथान भेट्रान कप २०८० फुटबल प्रतियोगितामा १२वटा मोरङ, सुनसरी, लगाएतका भेट्रान फुटबल क्लवहरूको सहभागीता रहने आयोजक संस्था का सचिव सम्पत लाल चौधरीले बताऊनुभयो।प्रतियोगितामा विजयी टिमले नगद ५० हजार सहित प्रमाणपत्र,सिल्ड मेडल पाऊने छ भने उप विजेताले नगद ३०हजार सहित प्रमाणपत्र, सिल्ड मेडल पाऊने आयोजकले जानकारी गराएको छ। भेट्रान कप फुटबल प्रतियोगिताको लागि ग्रामथान गाउँ पालिका मोरङ ले आयोजक लाई नगद २लाख ७०हजार आर्थिक सहयोग गर्ने आयोजकहरूले बताएका छन् ।

प्रतियोगिता संञ्चालनमा ५लाख सम्म खर्च हुने आयोजकको अनुमान छ। प्रथम ग्रामथान भेट्रान कप फुटबल प्रतियोगिता को आयोजक संस्था इन्द्रेणी सामुदायिक विकास संस्था ग्रामथान सिध्राहा, सह आयोजक ग्रामथान भेट्रान VFC रहेको छ। सहयोगी संस्था ग्रामथान संस्था, ग्रामथान यूवा क्लव रहेको छ। प्रायोजक संस्था ग्रामथान गाउँ पालिकाको कार्यलय तेतरीया मोरङ रहेको छ।

प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्यान भएका खेलाडीलाई नगद १५ सयले वितरण गर्ने छ। प्रतियोगिताको उद्घाटन खेलमा जनक मेमोरियल बोडिङ स्कुल ग्रामथान वडा नं २ झोराहाटका विधार्थीहरूले नृत्य प्रस्तुति गरेका थिए।

उद्घाटन खेल प्रतियोगितामा ग्रामथान गाउँ पालिका अध्यक्ष जयप्रकाश गच्छदार थारू , उपाध्यक्ष गुनावती देवी धामी थारू, प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद भट्टराई वडा नं ३ वडा अध्यक्ष रमेश भगत, वडा नं १ सुरेश माझी, जन प्रतिनिधि गोपाल न्यौपाने, कार्यपालिका सदस्य उपेन्द्र महतो , ग्रामथान युवा समिति प्रतिनिधि दिवेश सरदार थारू ग्रामथान गाउँ पालिका ग्रामथान VFC टिम क्यापटेन अनन्तराम चौधरी, जनक बोडिङ स्कुल प्रिन्सिपल सुनिल भगत लगाएतको आथित्यता रहेको थियो।

इन्द्रेणी सामुदायिक विकास संस्था सिध्राहा र ग्रामथान भेट्रान फुटबल क्लवको आयोजना संञ्चालन गरिएको छ। मोरङ जिल्लाको सिध्राहा फुटबल खेलाडी उत्पादन हुने गाउँ को रूपमा परिचित छ। यस सिध्राहाका स्थानीय राष्ट्रिय फुटबल खेलाडी देव नारायण चौधरी पनि सिध्राहा कै हुन् । सिध्राहाका प्रदिप भगत थारू पनि पूर्व राष्ट्रिय खेल खेलेका खेलाडी पनि हुन्। प्रतियोगिता पुस १४ गते देखी पुस २५ गते सम्म संचालन हुनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes