निजामती कर्मचारी युनियनको छलफल - Pahilo Online

निजामती कर्मचारी युनियनको छलफल

writer

बाबुराम मुडियारी

बिराटनगर । कोशी प्रदेश निजामती सेवा ऐन जारी भएकोमा नेपाल निजामती कर्मचारी युनियनले कोशी प्रदेश सरकार र सम्बन्धित सबै पक्षलाई हार्दिक धन्यवाद प्रकट गरेको छ ।

नेपाल निजमती कर्मचारी युनियन कोशी प्रदेशले आज एक कार्यक्रमका बिच सो जानकारी दिएको हो । ऐनमा कर्मचारीका विषयमा आउनु पर्ने मुलभुत पक्षहरुलाई थप अध्ययन गरी संशोधन गर्नुपर्ने बिषलाई पुन: प्रतिश्थापन विधेयक मार्फत समेट्नु पर्ने समेट सरकारलाई ध्यानकर्षण गराएको छ । अब टेबल हुने स्थानिय सेवा ऐन का बिषयमा समेट गम्भीर भई कर्मचारी मेत्री स्थानिय सेवा ऐन जारी गर्न समेत युनियनले आग्रह गरेको छ । हाले मंसिर ३० गते, झापाको दोमुखामा युनियनको कोशी भेला र प्रशिक्षण समेत झापाको सह-आयोजनामासम्पन्न भएको समेत निजामती कर्मचारी युनियन कोशी प्रदेश अध्ययक्ष मानबहादुर वनले जानकारी दिनु भयो ।

सो कार्यक्रम संघिय निजामती सेवा ऐन र स्थानिय सेवा ऐनका सम्बन्धमा समेत व्यापक छलफल भएको मोरङ्ग निजामती कर्मचारी युनियनका मोरङ्ग अध्यक्ष पर्शुराम मण्डल ले जानकारी दिनु भयो । कर्मचारी युनियनले नेतृत्व गरी निजामती क्षेत्रका सबै राष्ट्रिय ट्रेड युनियनको सहमतीमा प्रदेश र स्थानिय निजामती सेवा ऐनका बिषयमा समेत्नु पर्ने विषय वस्तुहरुका सम्बन्धमा ध्यानकर्षण गराएको निजामती कर्मचारी युनियनका केन्द्रीय सल्लाहकार गोपाल दाहाल र प्रदेश सल्लाहकार यादव प्रसाद दुलालले जानकारी दिनु भयो ।

युनियनको पालामा सहकारी समेत सञ्चालनमा रहेकोले सेवा निवृत्त र वहाल वाला सबै कर्मचारीहरुलाई सहकारीमा आवद्ध हुन समेत सहकारी का अध्ययक्ष माधव ढुङ्गेलले अनुरोध गर्नु भयो । स्थानिय जिल्ला र प्रदेशका सबै कार्यक्रमहरुमा केन्द्रको सहयोग हुने केन्द्रिय उपाध्यक्ष सोम कोईरालाले बताउनु भयो । प्रदेश भेला एवंम् प्रशिक्षण कार्यक्रम कोशी प्रदेशका पूर्व मुख्य मन्त्री उदप थापा, कोशी प्रदेश का आन्तिरिक मामिला तथा कानुन मन्त्री समशेर बहादुर राई, लगायतको आथित्यमा सम्पन्न भएको थियो ।

सो प्रशिक्षण कार्यक्रममा नेपाल सरकारका सचिव मुकुन्द प्रसाद निरौला, टोकराज पाण्डे, कोशी प्रदेश सचिव लक्ष्मी पौडेल ले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा केन्द्रि प्रशिक्षण विभागका प्रमुख तथा वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल र केन्द्रिय अध्यक्ष गोपाल पोखरेल समेत को उपस्थिती रहेको र कार्यक्रम सञ्चालक राजु ढुगांनाले जानकारी दिनु भयो ।

नेपाल निजामती कर्मचारी युनियन, मोरङ्ग समेतको आयोजानामा पौष २७ गते गोदावारी रिसोर्ट जतुवामा हुने वनभोज कार्यक्रममा उपस्थिती हुन समेत निजामती कर्मचारी युनियन का पदधिकारी तथा सदस्यहरुलाई अनुरोध गरेको नेपाल निजामती कर्मचारी युनियन मोरङ्ग अध्ययक्ष प्रशुराम मण्डलले जानकारी गराएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes