चासोक तङ्नामको सम्पुर्ण तयारी पुरा - Pahilo Online

चासोक तङ्नामको सम्पुर्ण तयारी पुरा

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजंङ्गा धार्मिक वन समूहको क्षेत्रमा लिम्बु समुदायको महान चार्ड चासोक तङ्नाम, उधौली पूजा तथा येले संवत् ५०८३का अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको छ।

उक्त  कार्यक्रमहरुको लागि सम्पूर्ण तयारी पूरा भएको मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो।

किरात याक्थुङ चुम्लुङ र सिरीजंगा धार्मिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा यही पुस ०७ गतेदेखि १० गतेसम्म भव्य र सभ्य कार्यक्रमहरू आयोजना सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको धार्मिक वन समूहका अध्यक्ष डम्बर चोङ्बाङले बताए।

उनका अनुसार यही पुस ०७ र ०८ गते सिरीजंगा स्मृति खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरिने भएको छ।

यसका लागि १० वटा टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा प्रथम र दोस्रो विजेता टिमलाई क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद, ट्रफी,मेडल , प्रमाण पत्र प्रदान गरिने छ।

त्यस्तै, पुस ९ गते धनुष, छेलो, लङ्जम्प, भाले जुधाईं,डोरी तान्ने, जस्ता  लिम्बु समुदायका विभिन्न ऐतिहासिक खेलहरूको आयोजना गरिनेछ। भोलि पल्ट १० गते दिउँसो पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रमुख आतिथिको तर्फबाट उद्घाटन गर्नु हुँने जनाईएको छ।

सोहि अवसरमा लिम्बु समुदायको ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु जस्तै केलाङ, येवा लाङ, यालाङ,हाक्पारे, ख्याली, पालाम, आदि हुने जानकारी दिईयो। सोहि साँझ भोईस अफ नेपाल सिजन ०४की प्रथम रनर अप सविता योङ्गहाङ, स्थानीय गायक नन्दु गुरुङ,पुष्प राई, जगत राई समेतको बेजोड सांगीतिक प्रस्तुतीहरू रहनेछन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes