सहकारी संस्थाको साधारणसभामा २६ जनालाई सम्मान - Pahilo Online

सहकारी संस्थाको साधारणसभामा २६ जनालाई सम्मान

writer

बाबुराम मुडियारी

ग्रामथान। सहकारी संस्था लिमिटेड ग्रामथान वडा नं २ झोराहाटले ३६ औं साधारणसभाको अवसरमा जेष्ठ नागरिक सम्मान, शेयर सदस्यका छोरा छोरी सम्मान, असल ऋणी सम्मान ,उत्कृष्ट बचत कर्ता सम्मान , पूर्व कर्मचारी सम्मान कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको छ।

सो साधारणसभामा सहकारी संस्थाका ५ जना जेष्ठ शेयर सदस्य लाई सम्मान गरेको छ। सेयर सदस्य हरूका छोरा छोरी मध्ये जेहेन्दार ५ जना छोरा छोरी लाई सम्मान गरेको छ। १०जना उत्कृष्ट बचत कर्ता लाई सम्मान,५ जना असल ऋणी सम्मान,१जना पूर्व कर्मचारी लाई सम्मान साधारणसभाको अवसरमा शनिबार गरेको थियो।

सधारणसभा कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सहकारी संघ अध्यक्ष तथा जिल्ला सहकारी संघ मोरङ अध्यक्ष डिल्ली पोखरेल , विशिष्ट अथितिहरूमा जिल्ला बहुद्देश्यीय सहकारी संघ मोरङ अध्यक्ष हेमा मैनाली , जिल्ला सहकारी संघ मोरङ सचिव राकेश दाहाल , लक्ष्मी नारायण मन्दिर संरक्षण समिति झोराहाट अध्यक्ष कृष्ण हरी धिमिरे लगाएत को आथित्यता रहेको थियो।सो साधारणसभा कार्यक्रम मा संचालक समितिको तर्फबाट अध्यक्ष बिजय कुमार माझीले आर्थिक बर्ष २०८०/८१ को कार्यक्रम तथा प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए। लेखा समिति का संयोजक चन्दन कुमार चौधरी ले लेखा तथा सुपरिवेक्षण समितिको तर्फ प्रतिवेदन प्रस्तुत गरेका थिए। यस सहकारीमा ७९१ जना सदस्य संख्या रहेको छ।

शेयर पूँजी १ करोड २५ लाख ५८ हजार रूपैया रहेको छ। बचत निक्षेप ११करोड ९९ लाख ३३ हजार ८ सय ३७ पैसा रहेको छ। सहकारीले ७५ लाख ७१हजार ४सय ८९ रूपैया कुल नाफा गरेको छ। ,दैनिक बचत,शेयर धनी बचत,आवधिक बचत (मुद्धति), १बर्षे आवधिक बचत,१बर्ष भन्दा माथि को आवधिक बचत लगायत बचत कार्यक्रम हरू संञ्चालन गरेको छ।

सहकारीको कुल नाफा ७१लाख ५१ हजार २सय ९३ रूपैया गरेको छ। सहकारीले संचालक क्षमता अभिवृद्धि तालिम,सहकारी अध्ययन अवलोकण भ्रमण ,अनुगमन तथा मुल्याङ्कन,ॠणको जोखिम न्यूनिकरण र असुली बाहृय ॠण कार्य गर्ने गरेको छ। सहकारी ले धान,गहुँ, मकै लगाएत कृषी उपज (कृषी बाली)हरू खरिद बिक्री, खादमल बिक्री लगाएत कार्यहरू संञ्चालन गदै आएको छ। साधारणसभाको संञ्चालन सहकारी संस्थाका प्रबन्धक आशा माझीले गर्नुभएको थियो भने सहकारी संस्था लिमिटेड झोराहाटका अध्यक्ष बिजय कुमार माझीको सभापतित्वमा साधारणसभा ग्रामथानको झोराहाट सम्पन्न भएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes