पञ्चायत नमूना माविमा ह्याप्पी फुड फेस्टिबल - Pahilo Online

पञ्चायत नमूना माविमा ह्याप्पी फुड फेस्टिबल

writer

पहिलो अनलाइन

पथरी । माेरङ्गकाे पथरी शनिश्चरे वडा नं. १ मा रहेको पञ्चायत नमूना माध्यमिक विद्यालयले आयोजनामा ह्याप्पी फुड फेस्टिबल २०८० आयोजना गरेको छ ।

आज शुक्रबार कक्षा १२ मा पढ्ने विद्यार्थीहरूको सहभागितामा विद्यालय हातामा फुड फेस्टिबलको आयोजना गरिएको हो।  फुड फेस्टिबलसंगै विज्ञान र फाइन आर्टस संकायका विद्यार्थीले मिनि प्रदर्शनी समेत गरेका छन् । फुड फेस्टिबलमा विभिन्न १३ वटा स्टल रहेको शिक्षक षडानन्द अधिकारी (सरोज) ले बताउनुभयो । फुड फेस्टिबलमा खीर , सेलरोटी , पुलाउ सब्जी , भक्का, चना फ्राई ,आलु परौठा , सुख्खा रोटी, लस्सी, जुश, तिलको लड्डु, चिप्स, पकौडा, बदाम , पपकर्न, अम्लेट, माछा फ्राई, चिकेन रोष्ट र ग्रेबी लगायतका विभिन्न खाद्य सामग्रीका १० वटा स्टलहरु राखिएको थिए भने ३ वटा स्टलहरुमा ललितकलाका विद्यार्थीहरुले बनाएका विभिन्न चित्रहरूको पनि प्रदर्शनी गरिएको थियो।

विद्यार्थीले बनाएका विभिन्न परिकारहरूमा विहानै देखि भिड रहेको अधिकारीले बताउनुभयो । विद्यार्थीको आफ्नै लगानी रहेको फुड फेस्टिबलबाट लगानीको दोब्बरसम्म आम्दानी गरेकाले काम गर्दा स्वदेशमा नै राम्रो कमाइ गर्न सकिने सन्देश विद्यार्थी माझ पुगेको अधिकारीले बताउनुभयो ।

विद्यालयको वार्षिक शैक्षिक कार्यक्रम अनुसार हरेक महिनाको अन्तिम शुक्रबारलाई बुक फ्रि डे (किताब रहित दिन) का रुपमा मनाउदै आएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले बताउनुभयो । सोही कार्यक्रम अनुसार हरेक महिना विभिन्न अतिरिक्त क्रियाकलाप गदै आएकामा मंसिर महिनालाई फुड फेस्टिबलका रुपमा मनाएको बुढाथोकीले बताउनुभयो । सांदेको गुन्द्रुकको अचार, भुटेको मकै, पोलेको मकै, आलु परौठा, भक्का र टमाटरको अचार देखि मासु फुलाउसम्मका खानाका परिकार फेस्टिबलमा समावेश थियो ।

फेस्टिबलमा विभिन्न परिकार सहित चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो । सो प्रदर्शनीमा राखिएको सात घोडाको चित्रले अधिकांशको मन तान्यो । सो चित्रको मुल्य २५ हजार राखिएको थियो । यसरी हेर्दा चित्रकलामा पनि भविष्य रहेछ भन्ने सन्देश दिएको छ । सो चित्र, फाइन आर्ट्स संकाय कक्षा १२ मा अध्ययनरत छात्र रुपक राईले तयार गरेका हुन् ।

सो अवसरमा आफ्नै विद्यालयमा यस्तो कार्यक्रमको आयोजना हुदाँ आफूहरूलाई निकै खुसी र उत्साह थपिएको विद्यार्थीहरुले प्रतिक्रिया दिएका थिए। उक्त अवसरमा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राई, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा संचारकर्मीहरुको उपस्थिति थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes