लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन - Pahilo Online

लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दोस्रो पटक सडक नाटक प्रदर्शन गरिएको छ ।
आज पथरी शनिश्चरे वडा नं. २ को बुद्धचौकमा नाटक प्रस्तुत गरिएको छ । नाटक हेर्न स्थानीय वडावासी र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । दोबाटे समूहका कलाकारहरु हरेन्द्र खत्री, भीष्म न्यौपाने, पूर्णकला राई, प्रेम गुरुङ, मेनुका कुलुङ, विक्रम धिमाल, दिपा ढकाल लगायत कलाकारको प्रस्तुति रहेको नाटकलाई सबैले रुचाएका थिए । नाटकको निर्देशन हरेन्द्र खत्री र भीष्म न्यौपानेले गरेका हुन् ।
सडक नाटक प्रर्दशनीमा वडा नं. २ अध्यक्ष नैना राई, वडा सदस्यहरूको उपस्थिति रहेको थियो । यस्तै पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यता रहेको थियो । सो सडक नाटक मंसिर २४ गते वडा नं. ४ को शनिश्चरे बजारमा प्रदर्शन गरी समापन गरिनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes