दुर्गा आविको ४१ वार्षिकोत्सव तथा नव निर्मित भवनको समुद्घाटन - Pahilo Online

दुर्गा आविको ४१ वार्षिकोत्सव तथा नव निर्मित भवनको समुद्घाटन

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ मा अवस्थित श्री दुर्गा आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव तथा राष्ट्रपति शैक्षिक सुधार योजना कार्यक्रम अन्तर्गत चार कोठे नव निर्मित भवनको समुद्घाटन कार्यक्रम भएको छ । आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर लिम्बुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

नव निर्मित भवनको समुद्घाटन मोरङ क्षेत्र नं. ३ का संघीय सांसद माननीय डा. सुनिल शर्मा, मोरङ क्षेत्र नं. ३ ‘क’ का प्रदेश सांसद माननीय मानबहादुर लिम्बु, नगर प्रमुख मोहन प्रसाद तुम्वापोले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम काफ्ले, वडा नं. ८ का वडाध्यक्ष नविन कार्की, बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देल, सुकुम्बासी आयोग मोरङका अध्यक्ष सुशिला घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालयको वार्षिकोत्सवमा विद्यालयमा अध्ययनरत छात्र छात्राहरुले आकर्षक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयले विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes