बिबिएस चौथो वर्षमा नेपाल टप गरेकी घिमिरेलाई सम्मान - Pahilo Online

बिबिएस चौथो वर्षमा नेपाल टप गरेकी घिमिरेलाई सम्मान

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं.३ कार्यालयले बिबिएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने बिना घिमिरेलाई सम्मान गरेको छ ।
आज वडाले पथरी बहुमुखी क्याम्पसबाट बिबिएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने घिमिरेलाई सम्मान गरेको हो ।
वडा कार्यालयको सभा हलमा भएको सो सम्मान कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बिजय लिम्बु रहनुभएको थियो । लिम्बुले आफ्नो वडाको विद्यार्थीले नगरकै नाम उचो राखेकोमा बधाई ज्ञापन गर्नुभयो ।
कात्तिक महिनामा प्रकाशित नतिजा अनुसार घिमिरेले ८५.८ प्रतिशत ल्याएर सम्भवतः नेपाल टप गरेकी हुनसक्ने अनुमान गरिएको छ । पथरीशनिश्चरे–३ निवासी घिमिरे आफ्ना आमा, बुबा सहित कार्यक्रम उपस्थित भएकी थिइन् ।
वडा सचिव जितन लिम्बुले सञ्चालन गर्नुभएको सो कार्यक्रममा जनता माविका प्रधानाध्यापक पदम सापकोटा, वडा सदस्य चन्द्र चेम्जोङ, पथरी बहुमुखी क्याम्पस स्ववियु सभापति केशर राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes