पशुपति सामुदायिक वनद्वारा उपभोक्तालाई तालिम - Pahilo Online

पशुपति सामुदायिक वनद्वारा उपभोक्तालाई तालिम

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले दिगो वन व्यवस्थापन सम्बन्धि एक दिवसीय तालिम सम्मन्न गरेको छ । शुक्रबार कार्यालय परिसरमा समूहका पदाधिकारी, विभिन्न उप समितिहरु, टोला प्रमुखहरु र सरोकारवालाबीच अभिमुखिकरण तालिम गरेको हो ।


उक्त अभिमुखिकरण कार्यक्रममा सव–डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवसकुमार चौधरीले सहजीकरण गरेका थिए । चौधरीले वर्तमान र भविष्यका आवश्यकताहरु पूरा गर्न र समुदायको दिगो विकासमा योगदान पु¥याउन सामग्री र सेवाको आपूर्ति सुनिश्चित गर्न दिगो वन व्यवस्थापन आवश्यक रहेको बताए । ‘विरुवा रोपण गरिएको क्षेत्रमा विरुवाको वरिपरि उम्रीएका नावश्यक झार, घाँसपात हटाएर गोडमेल गनु आवश्यक छ’–उनले भने ‘विरुवालाई रोग लाग्ने संभावनाबाट बचाउन, प्रकाश, हावा पानी र खानाको लागि विरुवा र अनावश्यक झारपातबीचको प्रतिष्पर्धा हटाउन गोडमेल आवश्यक छ ।’

उम्रेको झारपातको मात्रा र विरुवाको प्रजाति हेरेर साधारणतया ४ वर्षसम्ममा ६ पटक रोपिएको विरुवा गोडमेल गर्नु पर्ने हुन्छ । जसमा पहिलो वर्ष तीन पटक असोज–कात्तिक, माघ–फागुन, जेठ–असारमा गोडमेल गर्नु पर्छ । दोस्रो वर्ष असोज–कात्तिक र जेठ–असारमा गरी दुई पटक र तेस्रो वर्ष असोज–कात्तिकमा एक पटक गोडमेल गर्नु पर्दछ ।
कार्यक्रम समूहका अध्यक्ष पुष्पराज साहीको अध्यक्षतामा भएको थियो भनें सञ्चालन सचिव आरती राईले गरेकी थिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes