पोषण कार्यक्रमको समीक्षा - Pahilo Online

पोषण कार्यक्रमको समीक्षा

writer

सन्तोष राई

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सुरु भएको छ ।
आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।
आर्थिक वर्ष २०७९/८० को स्थानीय तह स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीको समापन भोलि हुनेछ । कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यको उपस्थिति रहेको थियो ।
यसैगरी १० वटै वडाका पोषण कार्यक्रम फोकल पर्सनहरुको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन जगत मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य नगरका सि.अ.हे.व.अधिकृत एकराज खत्रीले राख्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes