प्रगति पथमा लम्किँदै प्याराडाइज - Pahilo Online

प्रगति पथमा लम्किँदै प्याराडाइज

writer

पहिलो अनलाइन

वि. सं. २०५९ सालमा तत्कालिन शनिश्चरे गाविस तथा यस वरपरका अभिभावकहरुको आफ्ना नानीहरुलाई अंग्रेजी माध्यमको शिक्षा दिनेबारेमा बेला बेला छलफलहरु हुने गरेका थिए । जब यस क्षेत्रबाट टाढाका अंग्रेजी माध्यमका विद्यालयमा आफ्ना नानीहरुलाई पढाउनु पर्ने बाध्यात्मक अवस्थालाई संवोधन गर्ने भनी स्थानीयहरुको छलफलबाट अंग्रेजी माध्यमको विद्यालय सञ्चालन गर्ने निचोडमा पुगे तब शनिश्चरेमा अर्को शिक्षालय स्थापना भयो ।

गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा यस क्षेत्रमा दिने उद्देश्यले शनिश्चरेबासी शिक्षित युवाहरु तथा केही अभिभावकहरु क्रमशः गोपालप्रसाद तिम्सिना, होमनाथ घिमिरे, भुपाल ठटाल, टेकबहादुर मगर, मोहन खेवा आदि बसी नयाँ विद्यालय सञ्चालन तथा उक्त विद्यालयको नाम ‘प्याराडाइज ईङ्लिस बोर्डिङ स्कुल’ राख्ने निर्णय गरे । त्यस बमोजिम यस विद्यालयको नामाकरण गरियो । सोही वर्ष कम्पनी ऐन अन्तरगत दर्ता गरी सञ्चालनमा ल्याइएको थियो । विद्यालयको पहिलो प्रमुख सञ्चालक टेकबहादुर मगर हुनुहुन्थ्यो ।


वि.सं. २०५९ को अन्त्यमा छुट्टाछुट्टै रुपमा सञ्चालनमा रहेका टेकबहादुर मगर तथा छविन्द्रमान सिंह कार्कीका नाममा रहेका २ विद्यालय एक आपसमा क्रमशः प्याराडाइज ईङ्लिस बोर्डिङ स्कुल तथा ज्ञानज्योति ईङ्लिस स्कुल बीच एकता भई प्याराडाइज ईङ्लिस बोर्डिङ स्कुलका नामबाटै तत्कालिन जिल्ला शिक्षा कार्यालय मोरङबाट अनुमति लिई वि.सं. २०६० बाट सञ्चालनमा आएको हो ।

विद्यालयको उन्नती र प्रगतिमा प्रकाश बहादुर कार्की, एकराज निरौला, सोमनाथ भट्टराई, डिल्लीराज दाहाल, थानेश्वर भट्टराई, निलमकुमार ओझा, होमराज दाहाल, नवराज दाहाल, दीपेन्द्र पाण्डे, भुपाल ठटाल, खड्गबहादुर भट्टराई, मानबहादुर गुरुङ, गोपाल खड्का, गंगामाया साँवा आदिको विशेष भुमिका रहेको छ ।


प्रथम पटक वि.सं. २०६८ मा एस.एल.सी. परीक्षामा सहभागी गराएको यस विद्यालयले प्रथमपटक नै डिस्टिङ्सन सहित सतप्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउन सफल भई यस क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा परिचित भएको थियो ।
त्यसपछिका एसएलसी तथा एसईई परीक्षामा उत्कृष्ट अंक तथा जीपीए ल्याई करिव २५० जनाको हाराहारीमा एसएलसी तथा एसईई उत्तिर्ण गराउन सफल भइसकेको छ ।


गत वर्ष २०७९ को एसईई परीक्षामा सम्मिलित विद्यार्थीहरु निश्चल काफ्ले (३.९५ जीपीए) तथा अर्का विद्यार्थी इपसनबाबु मिश्र (३.७५ जीपीए) लगायत सम्पूर्ण सहभागी विद्यार्थी उत्तिर्ण गराउन सफल प्याराडाइज ईङ्लिस बोर्डिङ स्कुलले पथरीशनिश्चरे नगरकै उच्चतम जीपीए प्राप्त गर्न सफल विद्यालयको रुपमा परिचय बनाएको छ ।

चार सयभन्दा धेरै विद्यार्थी संख्या रहेको यस विद्यालयमा २८ जना शिक्षक तथा कर्मचारीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
हाल यस विद्यालयबाट उत्तिर्ण विद्यार्थीहरु मध्ये केही विद्यार्थीहरु लोकसेवा आयोग, शिक्षा सेवा आयोग, ईन्जिनियरिङ क्षेत्रमा सरकारी जागीरे भइसकेका छन् । त्यसैगरी, केही विद्यार्थीहरु खेलकुद, कलाकारिता, स्वास्थ्य क्षेत्रमा काम गरेर पहिचान बनाउन सफल भएका छन् । यस्तै, केही विद्यार्थीहरु विकसित मुलुकहरु युरोपका विभिन्न देशहरु, अष्ट्रेलिया, अमेरिका आदि देशमा उच्च शिक्षा अध्ययन गरिरहेको तथा केही विद्यार्थीहरु नेपालकै प्रतिष्ठित कलेज तथा शिक्षण संस्थाहरुमा अध्ययन गरिरहेको अवस्था छ ।


मूल्यांकन पद्धतिलाई यथार्थ तथा पारदर्शी रुपमा अगाडि बढाइएको राष्ट्रिय पाठ्यक्रमले निर्धारण गरेको तथा विकसित मुलुकले अबलम्बन गरेको आधुनिक मूल्यांकन पद्धतीलाई प्रयोग गरी मूल्यांकन गर्ने गरेको र जसका कारण आन्तरिक रिजल्ट पनि उत्कृष्ट रहेको छ । सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल हुँदै आएको छ ।

विद्यार्थीहरुको सर्वाङ्गीण पक्षको विकासका लागि विद्यालयले पढाईका अलावा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । ‘सीप, संस्कार तथा प्रविधि सहितको शिक्षा’ भन्ने मुल उद्देश्यका साथ शिक्षण सिकाई क्रियाकलाप अबलम्बन गर्दै आएको छ । त्यसैगरी, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई क्रियाकलाप, भौतिक पूर्वाधार सम्पन्न प्रविधि मैत्री कक्षा कोठाहरु, चित्रकला, रंगभर्ने कला, संगीत तथा गायनका कक्षाहरु सञ्चालन गर्दै आएको विद्यालय हो ।

वर्तमान समयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा विद्यालय निर्देशक सुरेन्द्र लिम्बु, प्रिन्सिपल होमनाथ घिमिरे र सञ्चालकहरु मुख्य रुपमा गोपालप्रसाद तिम्सिना, शान्तिराम बराल, चित्राखर भट्टराई, दुर्गाबहादुर कार्की, ईन्द्रनारायण लिम्बु आदि रहनु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes