विराटनगरको फुड फेस्टिवलमा स्थानिय परिकार सँगै सांगीतिक धमाका - Pahilo Online

विराटनगरको फुड फेस्टिवलमा स्थानिय परिकार सँगै सांगीतिक धमाका

writer

बाबुराम मुडियारी

विराटनगर/ नेपालीहरूको महान चार्ड विजया दशमीको अवसर पारेर मनोरञ्जन का साथै स्थानीय खानाको परिकारको बजारीकरण गदै संरक्षण तथा प्रर्वद्धन गर्ने उदेश्य का साथ विराटनगरमा ७ दिने दशैँ कार्निभल २०८० फुड फेस्टिवलको आयोजना संञ्चालनमा रहेको छ। सो फुड फेस्टिबलमा खानाका परिकारका साथै घरेलु उत्पादनहरूको पनि स्टलहरू रहेको छ।

फुड फेस्टिबललाई मनोरञ्जनका लागि स्थानीय कलाकार हरूको प्रस्तुती रहेको छ। फेस्टिबलमा आउने उपभोक्ता तथा पर्यटकहरू लाई मनोरञ्जनका लागी स्थानीय कलाकारहरूको प्रस्तुति र प्रवेश नि:शुल्क आयोजकले गरेको छ। फेस्टिबल मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनले आयोजना गरेको हो। मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेशनको आयोजनामा भईरहेको फुड फेस्टिबल असोज २८ गते देखि कार्तिक ४ गते अर्थात दशैँ को घटस्थापना देखि फुलपाती सम्म ७ दिने संञ्चालन हुने जानकारी मञ्जिना मुभिज क्रिएसनको तर्फबाट जतिन ताम्राकार र भाजु युवराज फाउण्डेसनको तर्फबाट यूनेशराज श्रेष्ठले जानकारी गराएका छन् ।

विराटनगरको हिमालय रोडको सडकमा दशैँ कार्निभल २०८० फुड फेस्टिबल आयोजना विराटनगर महानगरपालिकामा स्वदेश तथा विदेश बाट विजया दशमी मनाउन विराटनगर आउँने जो कोही लाई मनोरञ्जन प्रदान गर्ने हिमालय रोडको सडकमा दशैँ कार्निभल फुड फेस्टिवल आयोजना गर्न मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनलाई ठाउँ उपलब्ध गराएको आयोजकले जानकारी गराए। सो फुड फेस्टिबल का लागि जिल्ला प्रशासन कार्यालय मोरङले तथा विराटनगर महानगरपालिका ले पनि अनुमति दिएको र फुड फेस्टिबल मा विराटनगर महानगरपालिका ले शान्ति सुरक्षा का लागी नगर प्रहरी उपलब्ध गराएको पनि जानकारी गराएको छ।

दशैँ फुड फेस्टिवलमा विराटनगरको हिमालय रोड देखी ट्राफिक चोक सम्म को सडक लाई दशैं भाइब्स श्रीङार ले सजि सजाऊ गरिएको छ। दशैँ मा विराटनगर महानगरपालिका आऊने महानगरबासी तथा महानुभाव हरू लाई यो पल्टको दशैँ बिशेष फुड फेस्टिबल आयोजनाले नेवारी, मारवाडी, थारू लगायत विभिन्न जातजातिका २५ वटा भन्दा बढी खाना लगाएत घरेलु उत्पादन वस्तु हरूको स्टल राखिएका छन् ।जातीय परिकारको खानाको स्टल रहेको छ। तथा छिमेकी मुलुक भारतको पनि केही भारतिय खानाको परिकारको स्टल पनि रहेको छ।

फेस्टिवलको अवधि भरी स्थानिय कलाकारहरूको साँगितिक कार्यकम प्रस्तुति गर्ने कार्यक्रम गरिरहेको छ।फेस्टिबल अवलोकन गर्न आएका उपभोक्ताहरु लाई स्थानीय कलाकार हरूले गीत,नृत्य प्रस्तुत गरी थप मनोरञ्जन पनि प्रदान गर्ने गरेको आयोजकले बताए। दशैँ कार्निभल फुड फेस्टिवल २०८० सम्पन्न गर्न ३१ लाख भन्दा बढि रकम खर्च हुने आयोजकले जानकारी गराएका छन् ।सो दशैं फुड कार्निभल २०८० फुड फेस्टिबल आयोजनाले यस फुड फेस्टिबल कार्यक्रम हरू बाट स्थानीय खानाको परिकारको संरक्षण प्रर्वद्धन र बजारिकरण गदै आर्य आर्जन हुने तथा खानाको परिकारहरूको लोप हुन नदिन टेवा पुग्ने देखिन्छ ।

यस आयोजक संस्था हरूले विराटनगरमा समय समयमा सडक फुड फेस्टिबल आयोजना गदै आईरहेको छ।फेस्टिबलमा २ हजार भन्दा बढी उपभोक्ता तथा पर्यटकले अवलोकन गर्ने गरेको अनुमान आयोजकको रहेको छ।स्थानिय,स्वदेशी तथा विदेशी खानाका साथै स्थानीय कला,संस्कृति,भेषभुषा प्रर्वद्धन गर्ने उदेश्यले फेस्टिबल गरिएको आयोजक संस्थाका निर्देशन जतिन तम्रकारले बताए।विराटनगर जाऔँ,सडकमा खाऔँ,सडकमैं रमाऔं भन्ने नारा सहित फुड फेस्टिबलको आयोजना गरिएको हो। फुड फेस्टिबल दशैको फुलपाति सम्म संञ्चालन हुने छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes