यामाहाको नयाँ शोरुम अब पथरी बजारमा - Pahilo Online

यामाहाको नयाँ शोरुम अब पथरी बजारमा

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे ०१ पथरी बजारमा विश्व प्रचलित नेपाली युवाहरुमाझ अत्याधिक प्रख्यात मोटरसाइकल तथा स्कुटर ब्राण्ड यामाहाले आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । आज सोमबार प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको हातबाट उद्घाटन गरिएको हो।

MAW Group of Companies का CEO राजु क्षेत्रीले नेपालमा सबैभन्दा विश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण यामाहा ब्राण्ड सदैव आम ग्राहकहरूको माग र आस्था पुर्तिका खातिर सजग र तत्पर रहदै आएको जनाएका थिए ।

उनले देशभरका ग्ग्रहकलाई गुणस्तरिय सेवा प्रदान गर्ने चुनीतिलाई आत्मसाथ गर्दै विश्वस्तरिय संरचना मार्फत गुणस्तरिय सेवा प्रवाहमा १०९ स्थान बाट अनवरत लागिपरेका छौं भन्नुभयो । उक्त अवसरमा यामाहा आफ्ना ग्राहकवर्ग र शुभचिन्तकहरूप्रति सदैव निष्ठावान् र प्रतिबध्द रहेको जानकारी दिईएको थियो।

सिईओ क्षेत्रीले देशभर १०४ डिलर र ८ वटा शाखा शोरूमबाट वर्षौंदेखि सेवा प्रदान गर्दै आएको यामाहाले आफ्नो नयाँ शोरूम PMC Auto Traders Pvt. Ltd पथरी बजारमा खोल्न सफल भएको बताउनु भयो। पिएमसी अट्टो ट्रेड्स प्रालिका प्रोप्राइटर मान बहादुर श्रेष्ठले सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नं १ का वडाध्यक्ष भीम कुमार राई लगायतका विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो। सो प्रालिका प्रोप्राइटर श्रेष्ठले पूर्व-पश्चिम राजमार्गको उत्तरी मोरङ खण्डमा अवस्थित सो शोरुमले सकेसम्म धेरै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन हुने विश्वास दिलाउनु भयो।

यस नयाँ शोरूमले अन्य शोरुममा जस्तै आधुनिक प्रविधि “एफ. अई स्टेसन” मार्फत बाइक तथा स्कुटरहरुको हेल्थ कार्ड मार्फत प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गरिनेछ । साथै यहाँदेखि सेल्स, सर्विस र स्पर्स पार्ट्सका सेवाहरू पुर्ण गुणस्तरका साथ लिन सकिने आश्वस्त पार्नुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes