ग्रामथान गाउँ पालिकाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटलाई एम्बुलेन्स हस्तान्तरण - Pahilo Online

ग्रामथान गाउँ पालिकाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटलाई एम्बुलेन्स हस्तान्तरण

writer

बाबुराम मुडियारी

ग्रामथान / मोरङको ग्रामथान गाउँ पालिकाले एक कार्यक्रमको विच ग्रामथान गाउँ पालिका वडा नं २का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष यादव खतिवडा लाई ग्रामथान गाउँ पालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले एम्बुलेन्स को चावि हस्तान्तरण गरी एम्बुलेन्स हस्तान्तरण तथा एम्बुलेन्स सेवा सुभारम्भ गरेको हो ।

सो एम्बुलेन्स हस्तान्तरण तथा एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा ग्रामथान गाउँ पालिका अध्यक्ष जय प्रकाश गच्छदार को प्रमुख आथित्यतामा तथा अन्य अथितिहरूमा ग्रामथान गाउँ पालिका उपाध्यक्ष गुणावती देवी थारू , ग्रामथान गाउँ पालिका ग्रामथान गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत हरी भट्टराई , ग्रामथान गाउँ पालिका उधोग वाणिज्य संघ अध्यक्ष विकास धिमिरे, ग्रामथान गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख राज कुमार झा, प्राथमिक स्वास्थ्य केन्द्र झोराहाट प्रमुख किरण श्रेष्ठ, ग्रामथान गाउँ पालिका वडा नं ३ वडा अध्यक्ष रमेश भगत, ग्रामथान गाउँ पालिका वडा नं ७ विरेन्द्र चौधरी,ग्रामथान गाउँ पालिका वडा नं ६ वडा अध्यक्ष विर नारायण चौधरी थारू,ग्रामथान गाउँ पालिका वडा नं ५ वडा अध्यक्ष भेष नारायण चौधरी, नेपाल रेडक्रस सोसाइटी झोराहाट उप शाखा सभापति अशोक लुइँटेल,नेपाल शिक्षक संघ ग्रामथान गाउँ पालिका समिति सचिव यदु कुमार लुईटेल, ग्रामथान गाउँ पालिका वडा नं २ वडा सदस्य गोपाल न्यौपाने, सुमन कुमारी चौधरी,पारो देवी सरदार, ग्रामथान स्वास्थ्य शाखाका कल्पना धिमिरे, महिला स्वयम् सेवीका लगाएत संघ संस्थाका प्रतिनिधिहरूको आथित्यता र सहभागिता रहेको थियो।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रम मा ग्रामथान गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी भट्टराई ले एम्बुलेन्स संञ्चालन कार्यविधिहरू सहित एम्बुलेन्स सेवा का लागी भाडा दररेट पनि सार्वजनिक गर्नुभएको थियो। एम्बुलेन्स सेवा भाडा दररेट ग्रामथान गाउँ पालिकाका लागि रू ५ सय , ग्रामथान गाउँ पालिका देखी विराटनगर, टंकी सिनवारी सम्मका लागिरू १ हजार, ग्रामथान गाउँ पालिका देखी धरान सम्म रू १ हजार ८ सय , ग्रामथान गाउँ पालिका देखी विर्तामोड सम्म रू २ हजार ५ सय, ग्रामथान गाउँ पालिका देखि भरतपुर सम्म रू १३ हजार ,ग्रामथान गाउँ पालिका देखि काठमाडौं सम्म १५ हजार भाडा दररेट तोकिएको जानकारी गराऊदै एम्बुलेन्सको संञ्चालन, मर्मत,चालकको सेवा सुविधा, तलब भुक्तानी लगाएत बारे जानकारी गराउनु भएको थियो।

कार्यक्रममा सहभागि अथितिहरू लगाएत ले ग्रामथान गाउँ पालिकाको स्वास्थ्य केन्द्र हरूबाट सेवा प्रदानमा प्रभावकारी बनाउनुपर्ने , स्वास्थ्य केन्द्रबाट सेवा लिन आऊने सेवाग्राहीहरू लाई नेपाल सरकारले नि: शुल्क औषधी खरिद तथा वितरणमा सहज हुनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटमा डिजिटल एक्सरे लगाएत आवश्यक सेवा विस्तार , स्वास्थ्य सामाग्रीहरू समयमै खरिद लगाएत गरी थप स्वास्थ्य सेवा लाई सहज प्रभावकारी बनाउनुपर्ने कुरामा जोड रहेको थियो।

हाल स्वास्थ्य केन्द्र हरूमा सेवा लिने सेवाग्राहीको आकर्षण बढेको पाईन्छ ।एम्बुलेन्स नेपाल सरकारको स्वास्थ्य मन्त्रालय बाट भन्सार छुटमा ग्रामथान गाउँ पालिकाले खरिद गरेको हो।ग्रामथान गाउँ पालिकाका जेष्ठ नागरिकहरू,अपाङ्गता भएका सेवाग्राहीहरू लाई ग्रामथान गाउँ पालिकाले एम्बुलेन्स सेवामा बिषेश छुट सहित संञ्चालनमा ल्याए सँगै स्थानीयहरू एम्बुलेन्स सेवाबाट लाभान्वित हुने छन् । ग्रामथान गाउँ पालिकामा एक मात्र गाउँ पालिकाबाट एम्बुलेन्स सेवा संञ्चालनमा ल्याएको हो।

ग्रामथान गाउँ पालिकामा रेमिट बचत तथा ॠण सहकारी संस्था लिमिटेड झोराहाटले पनि एम्बुलेन्स सेवा स:शुल्क संञ्चालन गदै आएको छ। एम्बुलेन्स सेवा निजी व्यक्ति हरूले पनि मारूति कार लगाएत सवारी साधन बाट पनि विरामी हरू लाई स्वास्थ्य उपचार केन्द्र हरू सम्म विरामी ओसार पोसार स: शुल्कमा गदै आएका छन् । ग्रामथान गाउँ पालिकाले एम्बुलेन्स सेवा संञ्चालन सँगै स्वास्थ्य क्षेत्र मा बजेट विनियोजनको दायरा बढाई स्थानीय जनता तथा सेवाग्राही हरूलाई प्राथमिकताका साथ स्वास्थ्य सेवा लिने तथा स्वास्थ्य सेवा प्रवाहमा सहज सेवा लिने र दिने व्यवस्था गर्ने तिर ध्यान जानुपर्ने आवश्यक देखिन्छ । स्थानीयबासीहरूले स्वास्थ्य सेवा सहज, सरल, ग्रामथान गाउँ पालिकाका स्वास्थ्य केन्द्र हरू बाटै स्वास्थ्य सेवा लिने वातावरण तथा सेवा प्रवाह गर्नुपर्ने आवश्यक छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes