बसन्त हरियाली सामुदायिक वनले गर्यो योगदान पुर्याउनेलाई सम्मान - Pahilo Online

बसन्त हरियाली सामुदायिक वनले गर्यो योगदान पुर्याउनेलाई सम्मान

writer

पहिलो अनलाइन

जाँते । लेटाङ–९ जाँतेस्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले विभिन्न पक्षबाट उल्लेखनीय योगदान गरेको भन्दै तीन दर्जनलाई सम्मान गरेको छ । शनिबार कार्यालय परिसरमा आयोजित समूहको २१औं वार्षिक साधारणसभाका अवसरमा सम्मान गरिएको हो ।

जसमा लामो समयदेखि उल्लेखनीय भूमिका निर्वाह गरको भनी पूर्व अध्यक्ष सन्तबहादुर राई, फेकोफन प्रदेश सचिवालय सदस्य अग्नीप्रसाद पौडेल, समूहलाई प्राविधिक सहयोग गर्नुहुने जाँते सव–डिभिजन वन कार्यालयलाई कदर पत्रले सम्मान गरेको हो । यसैगरी, स्वतःस्फुर्त रुपमा डढेलो नियन्त्रणमा सहयोग गरी वन विनास हुनबाट जोगाउने प्रकाश दुलाल, दिपेश तुम्सा लिम्बू, रोमन लिम्बू, रोशन समाल मगर र सुदिप लिम्बूलाई नगदसहित सम्मान गरिएको थियो ।

smart

कृषी तथा पशुपालनतर्फ उत्कृष्ट कृषकको रुपमा आधा दर्जनलाई सम्मान गरिएको थियो । जसमा टमाटर खेती गर्ने मध्ये मेहनती तथा उत्कृष्ट कृषक जगन पोखरेल, ड्रागन खेती गर्ने उत्कृष्ट नरमान खपाङ्गी, सुपारी खेती गर्ने उत्कृष्ट कमलप्रसाद काफ्लेलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट बाख्रा पालक कृषक लोकबहादुर बोहोरा र बंगुर पालक सन्तबहादुर आले मगरलाई सम्मान गरिएको थियो ।

समूहले श्रीमावि जाँतेमा अध्ययरत उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । जसमा ममता तामाङ र चर्चिता विश्वकर्मालाई नगदसहित सम्मान पत्रले सम्मान गरेको छ । यस्तै, ७५ वर्ष माथिका २६ जना एकल महिलाहरुलाई समेत सम्मान गरेको छ ।

साधारणसभाका अवसरमा समूहका अध्यक्ष होमनाथ सुबेदीले आर्थिक वर्ष २०७९÷०८० का कार्यप्रगति विवरण र २०८०÷०८१ को अनुमानित आय र व्यव विवरण प्रस्तुत गरेका थिए । जसमा अध्यक्ष सुबेदीले वन पैदावर विक्री, नयाँ सदस्य प्रवेश शुल्कलगायत गरी ८६ लाख ८५ हजार ५२० रुपैयाँको अनुमानित आय प्रस्तुत गरेका थिए ।

आम्दानीको २५ प्रतिशत वन संरक्षण, विकास तथा व्यवस्थापनमा खर्च गर्नु पर्ने प्रावधान अन्तरगत समूहले वन हेरालु, डढेलो नियन्त्रण, तारजाली घेराबारा, नर्सरी निर्माण, झाडी सफाई, फलफुलका विरुवा वितरण जस्ता कार्यमा लगानी गर्ने योजना बनाएको छ ।

त्यसैगरी, बाँकी रहेको रकमबाट गरिवी न्यूनिकरण, महिला सशक्तिकरण तथा उद्यम विकासमा खर्च गर्ने योजना रहेको अध्यक्ष सुबेदीले आगामी कार्ययोजनामा उल्लेख गरेका छन् । गरिवि न्यूनिकरण अन्तरगत विपन्न उपभोक्ता परिवारलाई उन्नत जात बीउ बोका, बंगुर वितरण, विपन्न परिवारलाई घर, गोठ, खोर निर्माण र मर्मत, ढाका तान, सिलाई कटाई, ड्राइभिङ तालिम र हरित रोजगारी सिर्जना गरिने अध्यक्ष सुबेदीले जानकारी दिए ।

यसैगरी, संस्थागत विकास तर्फ समूहको भवन निर्माण गरिने यजना सुनाए । सामुदायिक विकास तर्फ स्कुल, मन्दिर, स्वास्थ्य केन्द्रलाई सहयोग, सिंचाई, खानेपानी, बाटो, पुल, कल्भर्ट निर्माणमा सहयोग गर्ने लक्ष लिइएको छ ।

कार्यक्रममा स्वागत गर्दै उपाध्यक्ष नरेश मंग्रातीले समूहको पर्यटर्कीय क्षेत्र निर्माण गरी वैकल्पीक आम्दानी गर्ने लक्ष अनुसार पोखरी सहितको पार्क निर्माण गरिने योजना रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावतीले सामुदायिक वन उपभोक्ता समूह र स्थानीय तहबीच समन्वय गरेर विकास निर्माणका कामहरु गर्नु पर्नेमा जोड दिए । उनले विकास निर्माणमा सामुदायिक वनले पनि सहयोग गर्नुपर्ने बताउँदै वनको संरक्षण र सम्वद्र्धनमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिए । उनले जबसम्म आम उपभोक्ताहरु सचेत र सजग हुदैनन् तबसम्म वनको संरक्षण र सम्वद्र्धन नहुने बताउदै सामुदायिक वनले बार्षिक योजना बनाउँदा नगरपालिकासँगको सहकार्यमा बनाउन सुझाए ।

सोही अवसरमा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथि सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सचिवालय सदस्य अग्नीप्रसाद पौडेलले सामुदायिक वनहरु वनको संरक्षण संगै सामाजिक विकासमा समेत लाग्नु पर्नेमा जोड दिए । उनले महिला शसक्तिकरणका लागि उद्यम विकासमा समूहले जोड दिनुपर्ने सुझाव दिए ।

पौडेलले सामुदायिक वनको अवधारणाले मुलुकमा वन क्षेत्रको संरक्षणमा योगदान पुग्नुका साथै वनको हैसियत र जैविक विविधतामा सुधार आएको उल्लेख गरे । पौडेलले आगामी दिनमा यसको प्रयोग जनताका आवश्यकता र आर्थिक समृद्धि गर्नुपर्नेमा जोड दिए । उनले वन उद्यम सञ्चालन गरी काठको प्रतिस्थापन मात्रै होइन, अर्थतन्त्रमा टेवा पु¥याउने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । पौडेलले अब सामुदायिक वनले एउटा योजनाले धेरै क्षेत्रलाई समेट्ने गरी काम गर्नु पर्ने बताए ।

यसैगरी, सव–डिभिजन वन कार्यालय जाँतेका प्रमुख राजेशकुमार घिमिरेले सामुदायिक वन उपभोक्ता समूहले बार्षिक कार्ययोजना निर्माण गर्दा गरिवी न्यूनिकरण र सामाजिक विकासको लागि समेत योजना अगाडि सार्नुपर्ने बताए । उनले स्थानीय तहसंग समन्वय गरेर कार्य गर्नुपर्नेमा जोड दिए । घिमिरेले जनताको सम्पती जनताले नै संरक्षण गर्नु पर्ने भन्दै वन क्षेत्रमा हुने अतिक्रमणमा समूहले ध्यान दिन सुझाव दिएका थिए ।

कार्यक्रममा लेटाङ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, छिमेकी सामुदायिक वनको तर्फबाट कोपिला सामुदायिक वनका अध्यक्ष भवानी लिम्बू, समूहका सल्लाहकार संयोजक सन्तबहादुर राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम समूहका सह–सचिव विमल निङ्लेखु लिम्बुले सञ्चालन गरेको कार्यक्रममा फेकोफन जिल्ला कोषाध्यक्ष ईन्दु चौधरी, ९ नं. वडा सदस्य कमला राई, फेकोफन नगर सदस्य सुजता राई, अस्थायी प्रहरी चौकी जाँतेका ईञ्चार्ज रामकुमार कटुवाल, सदावहार सा.व.उ.स.का अध्यक्ष टंक राई, स्वर्गद्वारी सा.व.उ.स. का अध्यक्ष ठगेन्द्र मंग्राती लगायत पूर्व अध्यक्षहरु, विभिन्न संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes