रेमिट सहकारीको साधारणसभामा पत्रकार मुडियारी सहित सम्मानित - Pahilo Online

रेमिट सहकारीको साधारणसभामा पत्रकार मुडियारी सहित सम्मानित

writer

पहिलो अनलाइन

झोराहाट । रेमिट बचत तथा ॠण सहकारी संस्था लिमिटेड ग्रामथान वडा नं २ झोराहाटले ११औं साधारणसभाको अवसरमा पहिलो अनलाइन कर्मी पत्रकार बाबुराम मुडियारी सहित जेष्ठ नागरिक सम्मान, शेयर सदस्यको छोरा छोरी लाई सम्मान, उत्कृष्ट बचत कर्ता सम्मान कार्यक्रममा १० जना लाई सम्मान गरेको छ।

सो साधारणसभामा ३ जना जेष्ठ नागरिकहरू लाई सम्मान गरेको छ। ४ जना सेयर सदस्य हरूका छोरा छोरी मध्ये SEE परिक्षामा उत्कृष्ट अंक ल्याऊने छोरा छोरी लाई सम्मान गरेको छ। स्थानीय पत्रकार सम्मान तथा पत्रकारीता क्षेत्रमा समाज र सहकारी संस्था को उत्कृष्ट समाचार प्रकाशन तथा प्रशारण कार्यको सम्मान का साथ कदर पत्र सहित पत्रकार बाबुराम मुडियारी लाई सम्मान गरेको छ।२जना उत्कृष्ट बचत कर्ता लाई पनि साधारणसभामा सम्मान गरेको छ।

सधारणसभा कार्यक्रमका प्रमुख अथिति ग्रामथान गाउँ पालिकाअध्यक्ष जय प्रकाश गच्छदार, विशिष्ट अथिति ग्रामथान गाउँ पालिका उपाध्यक्ष गुनावती देवी थारू ,ग्रामथान गाउँ पालिका वडा नं २का वडा अध्यक्ष यादव खतिवडा, सरस्वती मा.वि. झोराहाट प्र.अ.अशोक लुइँटेल, लक्ष्मी नारायण मन्दिर संरक्षण समिति झोराहाट अध्यक्ष कृष्ण हरी धिमिरे ,जेष्ठ नागरिक साझा चौतारी नेपाल केन्द्रीय अध्यक्ष कमल भट्टराई, ओम शान्ति झोराहाट शाखा प्रतिनिधि राम प्रसाद न्यौपाने,दुर्गा आधारभूत विधालय प्र.अ.यदु कुमार लुईटेल, राधा कृष्ण मन्दिर संरक्षण समिति ग्रामथान ३ झोसटोल मंगलहाट अध्यक्ष सोभित चौधरी, लगाएत को आथित्यता रहेको थियो।

सो साधारणसभा कार्यक्रम मा संचालक समितिको तर्फबाट अध्यक्ष उमा धिमिरे आर्थिक बर्ष २०८०/८१ को कार्यक्रम तथा प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए। लेखा समिति का संयोजक ढुना देवी गुरागाईं ले लेखा तथा सुपरिवेक्षण समितिको तर्फ प्रतिवेदन प्रस्तुत गरेका थिए। यस रेमिट सहकारीमा २७२४ जना सदस्य संख्या रहेको छ।

शेयर पूँजी ३ करोड ४४ लाख ४८ हजार रूपैया रहेको छ। बचत निक्षेप १२ करोड ६२ लाख ३२ हजार ४ सय ५३ रूपैया रहेको छ। रेमिट सहकारीले मासिक बचत,ज्येष्ठ नागरिक बचत,बालबालिका बचत,यूवा बचत,दैनिक बचत,शेयर धनी बचत,आवधिक बचत (मुद्धति), १बर्षे आवधिक बचत,१बर्ष भन्दा माथि को आवधिक बचत लगायत बचत कार्यक्रम हरू संञ्चालन गरेको छ।शेयर सदस्य हरूले न्यूनतम २०हजार रूपैयाको शेयर पुर्याऊन समेत सहकारीका साधारणसभाका प्रतिवेदन मार्फत अनुरोध गरेको छ।

रेमिट सहकारीको कुल नाफा ७१लाख ५१ हजार २सय ९३ रूपैया गरेको छ। सहकारीले शेयर सदस्य हरू लाई राहत तथा सहयोग कार्यक्रम अन्तर्गत शेयर सदस्य हरू लाई सुत्केरी भर्ता वितरण,शेयर सदस्य हरूको मृत्यु भएमा क्रिया गर्न सहयोग स्वरूप सहयोग वितरण ,शेयर सदस्य हरू लाई आगलागी सहयोग वितरण,शेयर सदस्य लाई बाढी सहयोग वितरण, सहकारीहरू लाई एम्बुलेन्स सेवामा १०%छुट को व्यवस्था गरेको छ।सहकारीले शेयर सदस्य हरू लाई स्वास्थ्य सम्बन्धी उपचार सेवा मार्फत विभिन्न रोगका उपचारमा सहयोग वितरण गदै आएको छ। रेमिट सहकारीले संचालक क्षमता अभिवृद्धि तालिम,जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम,सहकारी अध्ययन अवलोकण भ्रमण ,अनुगमन तथा मुल्याङ्कन,ॠणको जोखिम न्यूनिकरण र असुली बाहृय ॠण कार्य गर्ने गरेको छ।

रेमिट सहकारी ले समय समयमा सामाजिक कार्य अन्तर्गत समुदायका विधालयहरूमा शैक्षिक समाग्री हरू वितरण , रोगका प्रकोपका बेला स्वास्थ्य सामाग्री वितरण, डेंगु रोग नियन्त्रणका लागि सरसफाई तथा सचेतना कार्यक्रम,समुदायमा ट्युवेल वितरण,स्थानीय पर्व , खेल प्रतियोगिता,साँस्कृतिक कार्यक्रम हरू लाई सहयोग, स्थानीय रथयात्रा तथा अन्य सामाजिक कार्यक्रम तथा कार्यहरूमा सहयोग वितरण लगाएत समुदायमा समाजिक कार्य हरू गर्दै आएको छ। रेमिट बचत तथा ऋण सहकारी साधारणसभाको संञ्चालन सहकारी संस्थाका सचिव दिक्षा आर्चायले गर्नुभएको थियो भने सधारणसभा कार्यक्रम उमा धिमिरे को सभापतित्वमा सम्पन्न भएको थियो।

मा प्रकाशित

2 thoughts on “रेमिट सहकारीको साधारणसभामा पत्रकार मुडियारी सहित सम्मानित

  1. राम्ररी मिलाएर समाचार सम्प्रेषण गर्नुभएको छ स्थानीय पत्रकार लाई धन्यवाद छ।

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes