जितिया पर्वमा रमाउँदै थारु चौधरी समुदाय - Pahilo Online

जितिया पर्वमा रमाउँदै थारु चौधरी समुदाय

writer

बाबुराम मुडियारी

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे हसन्दह बजारमा जितिया विशेष साँस्कृतिक कार्यक्रम–२०८० धुमधामका साथ सम्पन्न भएको छ ।
थारू समुदायहरूको जातिय संस्था थारू कल्याणकारीणी सभा पथरी शनिश्चरे समितिको आयोजनामा बृहत जितिया कार्यक्रम गरी विहिवार सम्पन्न भएको छ।
 जितिया पर्व थारू समुदायहरूले सुख, शान्ति, सम्रिद्धि मनकामना सहित जितमहान लाई पूजा गरी ,थारू महिलाहरू ब्रत बसी थारू जातिय संस्कार, परम्परा विधी अनुसार आवश्यक पूजा सामग्री हरू फलफुल लगाएत सामग्री हरू सहित पर्व मनाउने गरेका छन् । कार्यक्रममा थारू महिलाहरूले जितिया पर्व मनाईने विधी , परम्परा, संस्कृति जितिया पर्व मनाऊनुको जनविश्वास तथा साँस्कृतिक नृत्य लगाएत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मा पथरी शनिश्चरे न.पा. प्रमुख मोहन प्रसाद तुम्वाम्पोको प्रमुख आथित्यतामा थारू कल्याणकारीणी सभा मोरङ निर्वतमान सदस्य तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मोरङ सचिव ललित चौधरीलगएत जनप्रतिनिधिहरु तथा समाजसेवी हरूको आथित्यतामा रहेको थियो। यो जितिया पर्व तराईको आदिवासी समुदायहरू मुडियारी,झाँगड,लगाएत र मधेशी समुदाय हरूले पनि धुमधामका साथ मनाऊने गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले जितिया पर्वको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –‘जितिया पर्वलाई पहिचानको रुपमा निरन्तर मान्दै आएका छौं, यसले आदिवासीको संस्कार संस्कृतिको संरक्षण सम्वद्र्धन गरेको छ ।’
रामनारायण चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रम वडा नं. ८ का वडाध्यक्ष तथा नगरका प्रवक्ता नविन कार्की, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ६ का अध्यक्ष कृष्ण कुमार बस्नेत, आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र लिम्बु, वडा सदस्यहरु , थारु कल्याणकारी समाजका केन्द्रीय सदस्यहरु र सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
आयोजकका बाबुराम चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने थारु साँस्कृतिक स्वागत नृत्यबाट साँस्कृतिक कार्यक्रम सुरु भएको थियो । यस्तैगरी विभिन्न साँस्कृतिक नृत्य र गायनहरु प्रस्तुत गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes