किरात राई पत्रकार संघको १६ औं स्थापना दिवस मनाइयो - Pahilo Online

किरात राई पत्रकार संघको १६ औं स्थापना दिवस मनाइयो

writer

पहिलो अनलाइन

पथरी । ‘पहिचानको पक्षमा हाम्रो कलम’ भन्ने मूल नाराका साथ किरात राई पत्रकार संघ नेपालको १६ औं स्थापना दिवस कार्यक्रम मोरङ जिल्ला कार्यसमितिले मनाएको छ ।

आज मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित साकेला थानमा स्थापना दिवसको कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रीय उप–महासचिव अर्जुन जम्नेली राई, किरात राई खेलकुद संघका अध्यक्ष सन्जय राई र नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले मन्तव्य राख्नुभएको थियो । किरात राई पत्रकार संघ मोरङका अध्यक्ष बिजय खम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा किरात राई यायोख्खा पथरी नगर अध्यक्ष प्रेम वाम्बुले, यायोख्खाका मोरङ जिल्ला सचिव काशीहाङ राई लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes