कोपिला सामुदायिक वनको ११औं साधारणसभा - Pahilo Online

कोपिला सामुदायिक वनको ११औं साधारणसभा

writer

पहिलो अनलाइन

जाँते । मोरङ लेटाङ ९ स्थित कोपिला सामुदायिक वन उपभोक्ता समूहको ११औं वार्षिक साधारणसभा विविध कार्यक्रम गरी सम्मन्न भएको छ । शुक्रबार समूहको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाका अवसरमा अध्यक्ष भवानी लिम्बूले आर्थिक वर्ष २०८०÷०८१ को अनुमानित आय र व्यव विवरण प्रस्तुत गरेका थिए । जसमा अध्यक्ष लिम्बूले वन पैदावर विक्री, अनुदान प्राप्ती, नयाँ सदस्य प्रवेश शुल्क, सदस्यता नविकरण शुल्कलगायत गरी १३ लाख १८ हजार २०८ रुपैयाँको अनुमानित आय प्रस्तुत गरेका थिए ।

आम्दानीको २५ प्रतिशत वन संरक्षण, विकास तथा व्यवस्थापनमा खर्च गर्नु पर्ने प्रावधान अन्तरगत समूहले वन हेरालु, डढेलो नियन्त्रण, तारजाली घेराबारा, नर्सरी निर्माण, झाडी सफाई, फलफुलका विरुवा वितरण जस्ता कार्यमा लगानी गर्ने योजना बनाएको छ ।

त्यसैगरी, बाँकी रहेको रकमबाट गरिवी न्यूनिकरण, महिला सशक्तिकरण तथा उद्यम विकासमा खर्च गर्ने योजना रहेको अध्यक्ष लिम्बुले आगामी कार्ययोजनामा उल्लेख गरेका छन् । गरिवि न्यूनिकरण अन्तरगत विपन्न उपभोक्ता परिवारलाई उन्नत जात बीउ बोका, बंगुर वितरण, विपन्न परिवारलाई घर, गोठ, खोर निर्माण र मर्मत, ढाका तान, सिलाई कटाई, ड्राइभिङ तालिम र उन्नत अन्नबालीको विउ वितरण गरिने अध्यक्ष लिम्बुले जानकारी दिए ।

यसैगरी, सामुदायिक विकास तर्फ स्कुल, मन्दिर, स्वास्थ्य केन्द्रलाई सहयोग, सिंचाई, खानेपानी, बाटो, पुल, कल्भर्ट निर्माणमा सहयोग गर्ने लक्ष लिइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लेटाङ नगरपालिका नगर कार्यपालिका सदस्य ओमप्रकाश विश्वकर्मा, फेकोफन प्रदेश सदस्य अग्नीप्रसाद पौडेल, जिल्ला उपाध्यक्ष मदन पोखरेल, सव–डिभिजन वन कार्यालय जाँतेका प्रमुख राजेश घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र लेटाङ ९ का अध्यक्ष नरेश मंग्राती, छिमेकी सामुदायिक वन बसन्त हरियालीकी सचिव भुमिका आले मगरलगायत पूर्व अध्यक्षहरु, विभिन्न संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes