विराटनगरमा फुड फेस्टिबल हुने - Pahilo Online

विराटनगरमा फुड फेस्टिबल हुने

writer

बाबुराम मुडियारी

विराटनगर/ नेपालीहरूको महान चाड विजया दशमीको अवसर पारेर मनोरञ्जन का साथै स्थानीय खानाको परिकारको बजारीकरण गदै संरक्षण तथा प्रर्वद्धन गर्ने उदेश्य का साथ विराटनगरमा ७ दिने दशैँ कार्निभल २०८० फुड फेस्टिवलको आयोजना हुन लागेको छ। सो फुड फेस्टिबलमा खानाका परिकारका साथै घरेलु उत्पादनहरूको पनि स्टल राखिने कुरा मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनले जानकारी पत्रकार सम्मेलन आईतबार गरेर जानकारी गराएको छ।

मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेशनको आयोजनामा गर्न लागेको फुड फेस्टिबल असोज २८ गते देखि कार्तिक ४ गते अर्थात दशैँ को घटस्थापना देखि फुलपाती सम्म ७ दिने संञ्चालन हुने जानकारी मञ्जिना मुभिज क्रिएसनको तर्फबाट जतिन ताम्राकार र भाजु युवराज फाउण्डेसनको तर्फबाट यूनेशराज श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।

विराटनगरको हिमालय रोडको सडकमा दशैँ कार्निभल २०८० फुड फेस्टिबल आयोजना गर्न लागेको जानकारीआयोजकले गराए । विराटनगर महानगरपालिकामा स्वदेश तथा विदेश बाट विजया दशमी मनाउन विराटनगर आउँने जो कोही लाई मनोरञ्जन प्रदान गर्ने हिमालय रोडको सडकमा दशैँ कार्निभल फुड फेस्टिवल आयोजना गर्न मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनलाई ठाउँ उपलब्ध गराएको आयोजकले जानकारी गराए। सो फुड फेस्टिबल का लागि जिल्ला प्रशासन कार्यालय मोरङले तथा विराटनगर महानगरपालिका ले पनि अनुमति दिएको र फुड फेस्टिबल मा विराटनगर महानगरपालिका ले शान्ति सुरक्षा का लागी नगर प्रहरी उपलब्ध गराउने पनि जानकारी गराएको छ। दशैँ फुड फेस्टिवलमा विराटनगरको हिमालय रोड देखी ट्राफिक चोक सम्म को सडक लाई दशैं भाइब्स श्रीङार ले सजाईने आयोजकले जानकारी गराए।

दशैँ मा विराटनगर महानगरपालिका आऊने महानगरबासी तथा महानुभाव हरू लाई यो पल्टको दशैँ बिशेष हुने तयारीका साथ फुड फेस्टिबल आयोजना कमिटी रहेको छ। नेवारी, मारवाडी, थारू लगायत विभिन्न जातजातिका २० देखि २५ वटा जातीय परिकारको खानाको स्टल रहने तथा छिमेकी मुलुक भारतको पनि केही भारतिय खानाको परिकारको स्टल पनि रहनसक्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । फेस्टिवलको अवधि भरी स्थानिय तथा राष्ट्रिय कलाकारहरूको साँगितिक कार्यकम प्रस्तुति गर्ने कार्यक्रम तय गरिएको छ । दशैँ कार्निभल फुड फेस्टिवल २०८० सम्पन्न गर्न ३१ लाख भन्दा बढि रकम खर्च हुने आयोजकले जानकारी गराएका छन् ।

सो दशैं फुड कार्निभल २०८० फुड फेस्टिबल नि :शुल्क प्रवेश रहने आयोजकले जनाएको छ। यस्ता फुड फेस्टिबल कार्यक्रम हरू आयोजनाले स्थानीय खानाको परिकारको संरक्षण प्रर्वद्धन र बजारिकरण गदै आर्य आर्जन हुने तथा खानाको परिकारहरूको लोप हुन नदिन टेवा पुग्ने देखिन्छ । ।यस आयोजक संस्था हरूले विराटनगरमा समय समयमा सडक फुड फेस्टिबल आयोजना गदै आईरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes