बेलबारीमा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने - Pahilo Online

बेलबारीमा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने

writer

मणिराम दाहाल

सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा विगत वर्षहरूमा झै यस वर्ष पनि छैठौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप सन्चालन हुने भएको छ ।

नगरपालिकाको गौरवको रूपमा जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने आयोजक डाँगीहाट फुटबल क्लबले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रू ८ लाख सहित टफी र प्रमाणपत्र, द्धितिय हुनेले नगद ५ लाख सहित ट्रफि साथै प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष बिक्रम बान्तवा राइले जानकारी दिनुभयो ।उहाँले प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच,सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालनका लागि अनुमानित रू ६२ लाख ९० हजार खर्च हुने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको गोल्डकपका प्रचारप्रसार संयोजक नरेन्द्र वस्नेतले बताउँनु भयो ।प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजक र सहप्रायोजकमा द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र दुबोर्ग वियर लगायत स्थानीय संघसंसस्था, सामुदायिक बन, विद्यालयहरु र देश तथा विदेशमा रहेका यस क्षेत्रका दाताहरू रहने आयोजकले उल्लेख गरेको छ ।

प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लव, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु वस्नेतले उल्लेख गर्नुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes