पत्रकार महासंघ मोरङमा अनिश्चितकालीन तालाबन्दी - Pahilo Online

पत्रकार महासंघ मोरङमा अनिश्चितकालीन तालाबन्दी

writer

बाबुराम मुडियारी

विराटनगर / पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो ।

महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए । उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो ।

उक्त पत्र नक्कली रहेको र कार्यबहाक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ । पत्रकार महासंघको विधानको दफा २२ ले अध्यक्षको अनुपस्थिति वा देशबाहिर रहेमा दोस्रो बरियताको उपाध्यक्षले कार्यबहाक अध्यक्षको रुपमा काम गर्ने व्यवस्था छ । दोस्रो वरियताको उपाध्यक्ष अनुपस्थित भएमा वा देशबाहिर रहेको अवस्थामा मात्र तेस्रो वरियताको उपाध्यक्ष(महिला) ले कार्यबहाक अध्यक्ष पाउने विधानको व्यवस्था रहेको छ ।

प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यबहाकको विषयको विवाद समाधानका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आग्रह गरिएपनि ढिलासुस्ती गरेपछि तालाबन्दी गरेको बताए । विधान अनुसार भट्टराईलाई कार्यबहाक तोकेको पत्र प्रदेश र केन्द्रले दिएपछि मात्रै तालाबन्दीको अन्त्य गरिने उनको भनाइ छ ।

सो तालाबन्दीलाई प्रेस सेन्टर कोशी प्रदेशले पनि समर्थन गरेको छ । तालाबन्दीप्रति ऐक्यबद्धता जनाउँदै कोशी प्रदेश अध्यक्ष विनोद घिमिरेले एकताबद्ध रहेका मोरङका पत्रकारहरुबीच विवाद र झैझगडा बढाउने उद्देश्यका साथ विधान विपरीत कार्यबहाक अध्यक्ष तोकिएको बताए ।

तालाबन्दी पछि प्रेस सेन्टर मोरङले जारी गरेको विज्ञप्तिमा प्रदेश र केन्द्रका अध्यक्ष तथा महासचिवले विधान अनुसार भट्टराई नै कार्यबहाक अध्यक्ष हुने बताएको उल्लेख छ ।तालाबन्दी कार्यक्रममा प्रेस सेन्टर मोरङ का सदस्य हरू लगाएत को उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes