भागिरथ माविमा वृहत् विज्ञान प्रदर्शनी - Pahilo Online

भागिरथ माविमा वृहत् विज्ञान प्रदर्शनी

writer

भुमिप्रसाद पाठक

पथरी । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा भागिरथ माविले वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरेको छ । साे कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि रहेका वडा नं-४ का वडाध्यक्ष लाेककिरण न्याैपानेले गरेका थिए।

पथरी शनिश्चरे वडा नं. ४ मा स्थापित भागिरथ माविले आयोजना गरेको र वडा नं-४ काे समन्वयमा भएकाे कार्यक्रमका प्रमुख आतिथ्यता वडाध्यक्ष लोककिरण न्यौपानेकाे रहेकाे थियाे।साेही विद्यालयका प्राचार्य जानुकी चेम्जोङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा साे विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का बालीविज्ञान समूहका विद्यार्थीहरूले २१ वटा स्टलमा आफ्ना विज्ञान सामग्री प्रस्तुत गरेका थिए।

उनीहरूले बनाएका सामाग्रीहरूमा हाइड्रोलिक ब्रिज,हाइड्रोलिक जेसीबी, वाटर रकेट,स्मार्ट सिटी, Gobal वार्मिङ् ,साेलार हिटर ,साेलार कुकर, हाइड्रोइलेक्ट्रिई सिटी र ग्रासकटर जस्ता स्थानीय सामग्रीबाट तयार पारिएको विद्यालयका सहायक प्राचार्य , विज्ञान शिक्षक एवम् कार्यक्रम संयाेजक शैलेन्द्र बस्नेतले जानकारी दिए। उक्त प्रर्दशनीमा अवलोकन गर्न छिमेकी विद्यालय बुद्व मावि,दुर्गा आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, सीता आर्दश आधारभूत विद्यालय र जनकल्याण आधारभूत विद्यालयबाट १ सय ५० भन्दा विद्यार्थीहरू उपस्थित भएका साे विद्यालयकी प्राचार्य जानुकी चेम्जोङले बताइन्।

साेही बृहत् विज्ञान प्रर्दशनी हेर्न अभिभावक ,शिक्षक , बुद्धिजीवीहरूकाे बाक्लै उपस्थिति रहेको थियो। यस किसिमको विज्ञान प्रर्दशनी वडा नं-४ मा पहिलो पटक गरिएको स्थानीय अभिभावककाे भनाइ थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes