पथरीशनिश्चरेमा असोज मसान्त सम्ममा श्रमिक सदस्यता प्रमाण–पत्र वितरण गरिने - Pahilo Online

पथरीशनिश्चरेमा असोज मसान्त सम्ममा श्रमिक सदस्यता प्रमाण–पत्र वितरण गरिने

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका श्रमिक हित व्यवस्थापन समितिको बैठकबाट तीन निर्णयहरु पारित गरिएको छ ।
आज नगरपालिकाको सभाहलमा पथरी शनिश्चरे वडा नं. १ का अध्यक्ष तथा श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा बसेको बैठकबाट ती निर्णयहरु पारिएको गरिएको हो ।
जसअन्तर्गत श्रमिक सदस्यताका लागि पन्जिकृत भएका सदस्यलाई अनिवार्य श्रमिक सदस्यताको परिचय उपलब्ध गराउने, आधिकारिक ट्रेड युनियन मार्फत् आएका श्रमिकहरुलाई प्रथम चरणमा हालसम्म पन्जिकरण भई सदस्यता भएका श्रमिकहरुलाई असोज मसान्त सम्ममा श्रमिक सदस्यता प्रमाण–पत्र वितरण गर्ने र श्रमिकहरुको वीमा गर्ने विषयमा यस नगर क्षेत्रमा वीमा कम्पनीहरुको अध्ययन गर्ने लगायतको निर्णयहरु भएका छन् ।
बैठकमा सदस्य हरिकुमार सुवेदी, महिला सदस्य मुना राई, सदस्य दोर्णबहादुर खड्का र सदस्य सचिव सुरेन्द्रकुमार राईको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes