पथरी जेसिज जंगली जनावरहरूसंग - Pahilo Online

पथरी जेसिज जंगली जनावरहरूसंग

writer

पहिलो अनलाइन

पथरी । माेरङ्गकाे पथरी जेसीजद्वारा जेसीज सप्ताह-२०२३ विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै समापन गरेको छ। आज शुक्रबार भाउन्ने जंगलमा रहेका विभिन्न जंगली जनवारहरू विशेष गरेर बाँदरहरूलाई खाद्यान्न सामाग्रीहरू दिएर जंगली जनावरहरूसंग जेसीज’कार्यक्रम आयोजना गर्दै समापन गरिएको हो।

पछिल्लो समयमा खाधान्न आदिको अभावले पुर्व पश्चिम राजमार्गमा जंगली जनवारहरू आउने र दुर्घटना बढ्दै गएको कारण उनीहरूलाई खाधान्न वितरण गरिएको पथरी जेसीज अध्यक्ष सुवर्ण खत्रीले जनाएका छन्। तेस्रो कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे वडा नं १० मा रहेको मलामीघाट सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। आज हिमाल सेन्चुरीको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको थियो भने मुल सप्ताह संयोजक पुजा थापा थिइन्।

यसैगरी ,गत बुधबार वडा नं १० को मोरङ्गी डाँस खोलामा रहेको मलामीघाट क्षेत्रमा जथाभावी रहेको फोहोर मैलालाई यस वर्ष पनि सरसफाई गरेको थियो । त्यस्तै , पथरीशनिश्चरे १० स्थित शिविरडाँडाका वृद्धाआश्रमका ५० जना वृद्ध- वृद्धाहरूलाई खीर खुवाएर ‘बुबाआमासंग जेसीज’ कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रमको संयोजक निर्मला गिरी (एन्जीला) थिइन् भने उक्त अवसरमा मूल सप्ताह संयोजक जेसी पुजा थापा र सुवर्ण खत्रीले अध्यक्षता गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes