जनतासँग माओवादी विशेष रूपान्तरण अभियान पथरीमा भव्य उद्घाटन - Pahilo Online

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान पथरीमा भव्य उद्घाटन

writer

पहिलो अनलाइन

पथरी । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान, घरघरमा माओवादी जनजनमा माओवादी’ अभियान मोरङ पथरीशनिश्चरे नगरको १० वटै वडामा शनिबार उद्घाटन भएको छ ।

अध्यक्ष प्रचण्डको उद्घाटन मन्तब्य प्रत्यक्ष हेरेपछि नगरको बिभिन्न वडामा रहेको सामुदायिक भवन, सार्वजनिक क्षेत्र, सरकारी कार्यालय परिसर सरसफाइ, विरुवा रोपण, प्रशिक्षण त कतै दुब्र्यसन विरुद्ध जनचेतना कार्यक्रमको आयोजना गरी उद्घान भएको पार्टी नगर अध्यक्ष गोबिन्द कटुवालले जानकारी दिए ।

यसक्रममा वडा नं. १ मा ध्रुव महत, बेदनिधि खनाल, अर्जुन किरातीको अगुवाईमा विद्यालय र माओवादीको नगर पार्टी कार्यालय सरसफाई गरिएको थियो ।

पथरीशनिश्चरे वडा नं. १ मा अभियानका क्रममा ।

वडा नं. २ मा अभियानका संयोजक शिव तिम्सिना र मान दियालीको नेतृत्वमा विरुवा रोपण गरिएको थियो । पथरीशनिश्चरे २ नं. वडामा ऐतिहासिक जनयुद्ध ताकाको गोप्य बैठक स्थल सुन्दर सामुदायिक वन उपभोक्ता समूह अन्तरगत सानोचौरीमा विरुवा रोपण गरिएको वडा पार्टी अध्यक्ष थवराज आचार्यले जानकारी दिए । जसमा अमला, टिक, मसला, टाँकी, खयरलगायतका विरुवा रोपिएको थियो ।
विरुवा रोपण कार्यक्रममा अभियानका नगर ईञ्चार्ज माओवादी केन्द्रकी केन्द्रीय सदस्य सरस्वती पोखरेल, वडा संयोजक शिव तिम्सिना, सह–संयोजक मान दियालीको अगुवाई रहेको थियो । जसमा वडा पार्टी सचिव जीवनकुमार अधिकारीलगायत दर्जनौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पथरीशनिश्चरे वडा नं. २ मा अभियानका क्रममा ।

यसैगरी, वडा नं. ३ मा विरेन्द्रनगरस्थित ३ नं. वडा कार्यालय परिसरमा सरसफाई गरिनुका साथै फलफुलका विरुवा रोपिएको थियो । सो अवसरमा वडा कार्यालय वरिपरी रहेको प्लाष्टिक, कागज, झारपात, झाडी सफाई गर्नुका साथै डेंगी संक्रमण फैलाउने लामखुट्टे मार्ने किटनासक औषधी समेत छर्किएको थियो ।

पथरीशनिश्चरे वडा नं. ३ मा अभियानका क्रममा ।

उक्त कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा माओवादी कांग्रेस गठबन्धनबाट निर्वाचित वडाध्यक्ष विजय लिम्बू र वडा सदस्य टंक पराजुलीसमेतको उपस्थिति रहेको थियो । सो अवसरमा वडाध्यक्ष लिम्बूले आफु वडाध्यक्षमा निर्वाचित भइसकेपछि सामाजिक काममा पार्टीभन्दा माथि उठेर काम गर्ने बताए । स्थानीय तह निर्वाचनमा आफु माओवादी समेतको गठबन्धनबाट विजयी भएको भन्दै माओवादीलगायत जुनसुकै दलले आयोजना गरेका सामाजिक काममा खबर गरे सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नरबहादुर राई, अनु राई, राधिका गौतम, दोर्ण खड्का, लिला कटुवाल, मनोरथ भण्डारी, लोकबहादुर तामाङ, भुविन्द्र कटुवाल, राजु सिंजाली मगरलगायत दर्जनोको सहभागिता रहेको थियो ।

त्यसैगरी, वडा नं. ४ मा पनि एक अन्तरकृयात्मक प्रशिक्षण, सहिद परिवार सम्मान र सरसफाई कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरिएको थियो । कार्यक्रममा तीन महिने अभियानकी नगर ईञ्चार्ज सरस्वती पोखरेलले सम्बोधन गरेकी थिइन् । उनले हिजो जनताको साथ सहयोग र सहिदको बलिदानीका कारणले जनयुद्ध सफल भएको बताईन् । ‘हिजो जनयुद्ध सफल नभएको भए आज मुलुकमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेसिता आउने थिएन’– उनले भनिन् ।

पथरीशनिश्चरे वडा नं. ४ मा अभियानका क्रममा ।

कार्यक्रममा दुईजना सहिद परिवारलाई सम्मान समेत गरिएको थियो । सहिद प्रेमबहादुर सुस्लिङमगर क.वर्गकी श्रीमती हरिमाया मगर र सहिद माधुराम गौतम क. मनोजका बुबा खेम गौतमलाई कार्यक्रमकी प्रमुख अतिथि पोखरेल, वडा पार्टी अध्यक्ष अम्बरबहादुर बराईली र अभियानका वडा संयोजक गंगा साँवाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै, वडा नं. ४ स्थित नयाँ सोमबारे बजारमा भएको कार्यक्रमको बीचमा वरिपरी भएको सरसफाई समेत गरिएको थियो । वडा पार्टी सचिव विक्रम कुलुङ राईले सञ्चालन गरेको कार्यक्रममा वडा पार्टी ईञ्चार्ज ध्रुबकुमार बराईलीले सहभागिहरुलाई स्वागत गरेका थिए ।

यस्तै, वडा नं. ५ मा अगुवा कार्यकर्ता भेला तथा अन्तरकृया कार्यक्रम गरिएको थियो । वडा नं. ५ मा बालकुमार मगर, खड्ग मगर, नरेन्द्र घिमिरेलगायतको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

पथरीशनिश्चरे वडा नं. ५ मा अभियानका क्रममा ।

यसैगरी, वडा नं. ६ मा पनि अन्तरकृया तथा सरसफाई कार्यक्रम गरिएको थियो । वडा नं. ६ मा नेत्र पोख्रेल, पुनम खतिवडा, यशोदा खतिवडालगायतको अगुवाईमा कार्यक्रम भएको थियो ।

पथरीशनिश्चरे वडा नं. ६ मा अभियानका क्रममा ।

यस्तै, वडा नं. ७ मा पनि विविध कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको थियो । वडा नं. ७ मा टिका दाहाल, गोबिन्द कटुवाल, राजकुमार बिकको नेतृत्वमा मायादेवी पार्कमा विभिन्न प्रजातीको विरुवा रोपण गरिनुका साथै अन्तरकृया गरिएको थियो । उक्त कार्यक्रममा नेकपा एमाले, नेकपा एसलगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

पथरीशनिश्चरे वडा नं. ७ मा अभियानका क्रममा ।

यसैगरी, वडा नं. ८ मा लागु पदार्थ दुव्र्यसनी न्युनिकरण सम्बन्धी अन्तरकृया गरेर तीन महिने अभियानको उद्घाटन गरिएको थियो । वडा नं. ८ मा दौलतराम भण्डारी (क. डायमण्ड), सुमन वनेमको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो । अभियन्ता विपिन गुरुङले सहजीकरण गरेको उक्त कार्यक्रमको अध्यक्षता वडा पार्टी अध्यक्ष अनिल खजुमले गरेका थिए भनें सञ्चालन सचिव एलवी कटुवालले गरेका थिए ।

पथरीशनिश्चरे वडा नं. ८ मा अभियानका क्रममा ।

यसैगरी, वडा नं. ९ मा अम्बिका अर्याल र ओम श्रमिकको अगुवाईमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम वडा पार्टी अध्यक्ष ईश्वर चौहानको अध्यक्षतामा भएको थियो भनें सञ्चालन सचिव नरेश ठटालले गरेका थिए । कार्यक्रममा वडा पार्टी ईञ्चार्ज रामचन्द्र सुब्बा, सह–ईञ्चार्ज कृष्ण बस्नेत, नगर सदस्य देवीमाया शेर्मा, विनोद धिमाल, वडा पार्टी उपाध्यक्ष हरिकुमार शेर्मालगायत दर्जनौंको उपस्थिति रहेको थियो ।

पथरीशनिश्चरे वडा नं. ९ मा अभियानका क्रममा ।

यस्तै, पथरी शनिश्चरे –१० मा माओवादी केन्द्रले शैक्षिक क्षेत्रसँग जोडीदै हिरक आधारभुत विधालयमा बालबालिकाहरुको निमित्त ट्रस्ट पिङ प्रदान गरेको छ । तीन महिने अभियानलाई प्रमुख अतिथी केन्द्रिय सदस्य सरस्वती पोख्रेलको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । वडा पार्टी अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल हाङबाङ, रमेश राई, प्रेम ढकाल, रबिन राई, मदन पोख्रेललगायतको उपस्थिति रहेको थियो ।

पथरीशनिश्चरे वडा नं. १० मा अभियानका क्रममा ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes