डाँसमोरङ्गी सामुदायिक वनको योजना तर्जुमा गोष्ठी - Pahilo Online

डाँसमोरङ्गी सामुदायिक वनको योजना तर्जुमा गोष्ठी

writer

पहिलो अनलाइन

पथरी । मोरङ पथरीशनिश्चरे –१० स्थित डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । समूहको सभाहलमा आज आइतबार आर्थिक बर्ष २०८०÷०८१ को योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।

समूहका अध्यक्ष मदन पोखरेलको अध्यक्षता र पथरीशनिश्चरे नगरपालिका–१०, का वडाअध्यक्ष जीवन खतिवडाको प्रमुख आतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा समूहका अध्यक्ष मदन पोखरेलले आर्थिक बर्ष २०८०÷०८१ को लागि करिव ८३ लाख बरावरको योजना प्रस्तुत गरेका थिए ।

अध्यक्ष पोखरेलले वनको विकास संगै संरक्षण, सामाजिक विकास, गरिवी न्यूनिकरण, प्राकृतिक प्रकोप विपद् व्यवस्थापन, प्रचार प्रसार, वन डढेलो नियन्त्रण, उद्यम विकास, विद्यार्थी छात्रवृत्ति, ड्याम निर्माण लगायतका योजना अगाडि सारेका थिए ।

समूहको पर्यटर्कीय क्षेत्र निर्माण गरी वैकल्पीक आम्दानी गर्ने लक्ष अनुसार पोखरी सहितको पार्कको लागि गत बर्ष पनि बजेट विनियोजन गरेपनि सम्पन्न गर्न नसकिएको भन्दै यस बर्ष पनि निरन्तरता दिएको छ । अध्यक्ष पोखरेलले वनमा झाडी सरसफाई, अग्नि नियन्त्रण रेखा, वन व्यवस्थापन, कार्यालय मर्मत लगायतका योजना प्रस्तुत गरेका थिए । गोष्ठीमा अध्यक्ष पोखरेलले काठ विक्री, दाउरा विक्री, नयाँ सदस्यता शुल्क, दण्डजरिमाना, विभिन्न संघसंस्था तथा सरकारी निकायबाट सहयोग लगायतबाट आम्दानी गर्ने लक्ष सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा बोल्दै पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले सामुदायिक वन उपभोक्ता समूह र स्थानीय तहबीच समन्वय गरेर विकास निर्माणका कामहरु गर्नु पर्नेमा जोड दिए । उनले विकास निर्माणमा सामुदायिक वनले पनि सहयोग गर्नुपर्ने बताउँदै वनको संरक्षण र सम्वद्र्धनमा सबै एकभएर लाग्नु पर्नेमा जोड दिए । उनले जबसम्म आम उपभोक्ताहरु सचेत र सजग हुदैनन् तबसम्म वनको संरक्षण र सम्वद्र्धन नहुने बताउदै सामुदायिक वनले बार्षिक योजना बनाउँदा वनको विकासमा लगाउनु पर्ने बताए ।

सोही अवसरमा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथि सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश महासचिव रेणुका दाहालले सामुदायिक वनहरु वनको संरक्षण संगै सामाजिक विकासमा समेत लाग्नु पर्नेमा जोड दिइन् । उनले महिला शसक्तिकरणका लागि उद्यम विकासमा समूहले जोड दिनुपर्ने सुझाव दिइन् । दाहालले सामुदायिक वनले दिएका अनुदान र तालिमलाई के कस्ता उपलब्धी हासिल गरे अनुगमन गर्न समेत सुझाइन् ।
यसैगरी, सव–डिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत रमेश मगरले सामुदायिक वन उपभोक्ता समूहले बार्षिक कार्ययोजना निर्माण गर्दा गरिवी न्यूनिकरण र सामाजिक विकासको लागि समेत योजना अगाडि सार्नुपर्ने बताए । उनले स्थानीय तहसंग समन्वय गरेर कार्य गर्नुपर्नेमा जोड दिए । मगरले जनताको सम्पती जनताले नै संरक्षण गर्नु पर्ने भन्दै वन क्षेत्रमा हुने अतिक्रमणमा समूहले ध्यान दिन सुझाव दिएका थिए ।

सो अवसरमा फेकोफन प्रदेश सदस्य अग्नी पौडेलले सामुदायिक वनको अवधारणाले मुलुकमा वन क्षेत्रको संरक्षणमा योगदान पुग्नुका साथै वनको हैसियत र जैविक विविधतामा सुधार आएको उल्लेख गरे । पौडेलले आगामी दिनमा यसको प्रयोग जनताका आवश्यकता र आर्थिक समृद्धि गर्नुपर्नेमा जोड दिए । उनले वन उद्यम सञ्चालन गरी काठको प्रतिस्थापन मात्रै होइन, अर्थतन्त्रमा टेवा पु¥याउने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । पौडेलले अब सामुदायिक वनले एउटा योजनाले धेरै क्षेत्रलाई समेट्ने गरी काम गर्नु पर्ने बताए ।

योजना तर्जुमा कार्यक्रममा फेकोफन मोरङका अध्यक्ष कृष्ण लुईटेल, महासचिव बालकुमारी कट्टेल, फेकोफन नगर अध्यक्ष मैना फुयाल, समूहका पदाधिकारी, टोला प्रतिनिधि, उपभोक्ता, सदस्यहरुले बार्षिक योजनाका बारेमा आ–आफ्ना सुझावहरु राखेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes