डाँस खोलाको बाढीले क्षतिग्रस्त स्थानमा तटबन्धन निर्माण गर्न निर्देशन - Pahilo Online

डाँस खोलाको बाढीले क्षतिग्रस्त स्थानमा तटबन्धन निर्माण गर्न निर्देशन

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. १० पशुपति नगर टोलमा वर्षाका कारण डाँस खोलाले पु¥याएको क्षतिको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन गरी सो क्षेत्रमा तुरुन्त पाइलिङ र बोरा लगाएर तटबन्धन गर्न निर्देशन दिनुभएको छ ।
सोमबार परेको वर्षाले पशुपति नगर टोल क्षेत्रमा बाढी पस्ने प्रवल संभावना देखिएपछि प्रमुख तुम्वापोले आज विहान सो क्षेत्रको अनुगमन गर्नुभएको हो । सो अनुगमनमा नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य मिना तामाङ लगायतको उपस्थिति रहेको थियो ।
आज वडा नं. १० का जनप्रतिनिधि र प्राविधिक देवकृष्ण यादवको अगुवाईमा तटबन्धन कार्य सुरु भइसकेको छ । सो कार्य सम्पन्न गर्न पशुपति नगर टोलवासीहरु पनि जुटिसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes