पथरीशनिश्चरे नगरको प्रमुख प्रशासकीय अधिकृतमा शशी राई - Pahilo Online

पथरीशनिश्चरे नगरको प्रमुख प्रशासकीय अधिकृतमा शशी राई

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे  । पथरी शनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएका शशी राईलाई नगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

आज सोमबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, लेखा प्रमुख पिताम्वर वस्ती, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, वडा नं. २ का अध्यक्ष नैना राई र नगरपालिकाका कर्मचारीको समूहले प्रमुख प्रशासकीय अधिकृत राईलाई स्वागत गरेको हो ।

नगरपालिकाका कर्मचारी लुकनाथ पोख्रेलले सञ्चालन गर्नुभएको स्वागत कार्यक्रम पश्चात् परिचयात्मक कार्यक्रम पनि गरिएको थियो । यस्तै आज अधिकृत राईले पदभार गर्नुका साथै नगरको शाखाहरुको अनुगमन निरीक्षण गर्नुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes