मल विक्री गर्ने डिलहरूको अनुगमन तथा निरीक्षण - Pahilo Online

मल विक्री गर्ने डिलहरूको अनुगमन तथा निरीक्षण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका भित्र रहेका अनुदानको रसायनिक मल विक्री वितरण गर्ने डिलहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिको संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको अगुवाईमा अनुगमन एवं निरीक्षण गरिएको हो ।

वडा नं. १० मा स्थापित सफलता लघु उद्यमी कृषि विकास सहकारी संस्था लि., अरुण बहुउश्द्दीय सहकारी संस्था र वडा नं. १० अवस्थित कुशेचौरी कृषि सहकारी संस्थामा अनुगमन एवं निरीक्षण गरिएको हो । अनुगमनमा वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, वडा सदस्य एवं कार्यपालिका सदस्य मिना तामाङ, मल वितरण व्यवस्थापन समितिका सदस्य सचिव सविना राई र कृषि स्नातक जुनु जिमीको सहभागिता रहेको थियो ।

डिलहरूको अनुगमन तथा निरीक्षण गर्दा केही विक्री कक्षमा प्रष्टसँग आधिकारिक संस्थाको नाम उल्लेख नगरेको, विक्री मूल्य सबैले देख्नेगरी विक्री कक्षमा टाँस नगरेको पाइएको छ । अब उप्रान्त प्रष्टसँग नाम उल्लेख गर्ने र विक्री मूल्य देख्नेगरी टाँस गर्न सुझाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes