मेची सहकारीको साधारणसभामा विभिन्न व्यक्तिलाई सम्मान - Pahilo Online

मेची सहकारीको साधारणसभामा विभिन्न व्यक्तिलाई सम्मान

writer

पहिलो अनलाइन

पथरी । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औं वार्षिकोत्सव तथा २९ औं साधारणसभासभा इकाई अन्तर्गत पथरी सेवा कार्यालयले विभिन्न व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गर्दै साधारणसभा सम्पन्न गरेको छ ।

कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्बापो प्रमुख अतिथि, विशिष्ट अतिथिहरू वडा नं. १ का अध्यक्ष भिम राई, नगर स्तरीय सहकारी संजालका संयोजक तथा मनकामना वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज भट्टाराई र अतिथिहरु सहकारिका उपाध्यक्ष शान्ता डांगी गौतम तथा सचिव राजेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहकारीको झापा, मोरङ र इलामामा गरी जम्मा १२ वडा सेवा केन्द्रहरु रहेका छन् । जसमध्ये बुधबार मोरङ पथरी सेवा केन्द्रको साधारणसभा सम्पन्न भएको हो ।


सभामा वितरण भएको वार्षिक प्रतिवेदन २०८० मा संस्थालाई लिखित सुझाव दिने मध्ये हरेक सेवा केन्द्रमा पर्ने ४० जनालाई एक हजारको दरले र सुझाव कर्ता सबै सदस्यलाई एक सयको दरले रकम उपलब्ध गराइने उल्लेख छ । प्राप्त सुझाव संस्थाको भाद्र १२ गने हुने २९ औं साधारण सभामा प्रस्तुत गर्दै बर्षभरी सदस्य शिक्षा कार्यक्रममा समावेश गरिने उल्लेख छ । संस्थाको सचिव राजेन्द्रप्रसाद दाहालले प्रतिवेदन प्रस्तुत गरेका थिए । पथरी सेवा केन्द्रको प्रमुख शिवप्रसाद निरौलाले केन्द्रको आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । मेचीको पथरी सेवा केन्द्रको सहसंयोजक कृष्ण भट्टराईले स्वागत मन्तव्य राखेका थिए । संस्थाले कक्षा १२ बाट उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भएकी कोपिला कार्की र कक्षा १ का आएल खड्कालाई नगद सहित पुरस्कृत गरेको छ ।

मेची बहुउद्देश्यीय सहकारीमा १५ हजार २५८ सदस्य रहेको उल्लेख प्रतिवेदनमा उल्लेख छ । संस्थाको ३७ करोड ४९ लाख ८३ हजार ८०० शेयर पुँजी, २ अरब ४७ करोड १८ लाख ३५ हजार ८१२ वचत रहेको मेचीले गत आर्थिक बर्षमा ४३ करोड ९५ लाख ६६ हजार ९९४ व्याज प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले एटीएम सञ्चालन र सहकारी आभाव २ को लागि जमिन खरिद खर्च छुट्याइएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी विद्युतीय गाडी चार्जर सेन्टर, सहकारी अस्पताल सम्भाव्यता अध्ययन खर्च विनियोजन गरिएको प्रतिवेदनमा रहेको छ । सदस्यहरुका लागि आकर्षक सुविधाहरु दिदै आएको मेची सहकारीले बार्षिक रुपमा बिभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान लगायतको कार्यक्रम गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes